निवर्तमाण मन्त्री साहले आफनो जिल्लाबासीलाई कोभिडबाट बचाउनको लागि अक्सिजन सिलिण्डर र स्वास्थ्य समाग्री गरे बितरण


सागर संगम ठाकुर । रौतहट जेठ ७ गते

रौतहटमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता तथा निर्वतमाण शहरी बिकाश मन्त्री प्रभु साहले आफनो जिल्लाबासीलाई कोभिड १९ बाट बचाउनको लागि स्वास्थ्य समाग्री बितरण गर्नु भएको छ । एमाले नेता साहको बिषेश पहलमा शुक्रबारका दिन रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को गरुडा, देवाही गोनाही , कटहरिया, फतुआ बिजयपुर र मौलापुर नगरपालिका लगाएतका स्थानियतहहरुमा सञ्चारकर्मीहरुको रोहबरमा हन्तान्तरण गरिएको छ ।

रौतहट जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले अति आवश्यक स्वास्थ्य सामग्रीहरु कोरोना संक्रमित बिमारीहरुका लागी प्रयोग गर्न अक्सिजन सिलिण्डर र स्वास्थ्य समाग्रीहरु बितरण गर्नु भएको नेता साहको स्वकिय सचिव बिजय यादव निर्वीजले बताउनु भयो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,बिधायक कुन्दन कुश्वाहा, फतुआ बिजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो , देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, स्वकिय सचिव बिजय यादव निर्विज लगाएतका ब्यक्तीहरुले स्वास्थ्य सुरक्षको मापदण्ड पालना गरि स्वास्थ्य समाग्रीहरु बितरण गर्नु भयो ।


रौतहट मौलापुर नगरपालिकाका नगर प्रमुख रीना कुमारी साहले कटहरिया नगरपालिकालाई ९ थान अक्सिजन सिलिण्डर सहित १ हजार थान मास्क , ५ लिटर सेनिटाइजर , अक्सिमिटर १५ थान , ग्लोव ३ बक्स , पिपिइ १५ सेट लगायतका सामग्री मेयर शियाराम कुश्वाहा ,कटहरिया स्वास्थय चौकीका प्रमुख डा. शन्तोष यादव, एमाले नगर अध्यक्ष योगेन्द्र साह, वडा नं. २ का वडा अध्यक्ष राजकुमार साह, कार्यपालिका सदस्य रामप्रबेस साह सोनार, बिनोध साह लगाएका ब्यक्तीहरुको रोहवरमा नगर प्रवक्ता चन्दन कुश्वाहालाई हन्तान्तरण गर्नु भएको हो ।

त्यस्तै देवाही गोनाही नगरपालिकामा उपप्रमुख परनिया देवी पटेललाई, गरुडा नगरपलिकाकी उपमेयर रंगिला देवी जयसवाललाई, फतुवा बिजयपुर नगरपालिकाकी कान्ति देवी महतोलाई, कटहरिया नगरपालिका जस्तै प्रत्यक स्थानिय तहमा सोही अनुसारको स्वास्थ्य समाग्रीहरु हस्तान्नतरण गर्नु भएको सचिव यादवले बताउनु भयो । देवाही गोनाही नगरपालिकामा वडा नं. ६ का वडा अध्यक्ष अनिल कुमार झा, वडा नं. ८ हरि राउत पटेल एमाले नेता भरत पटेल लगाएतका ब्यक्तीहरुको रोहवरमा उक्त स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरिएको स्वकिय सचिव यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!