रौतहटका् गरुडामा राष्ट्रपति र प्रधानमन्त्रिको पुत्ला दहन
सरिता कुशवाहा । रौतहट जेष्ठ ०९ गते ।
संसद बिघटनलाई लियर आज रौतहटको गरुडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति बिधया देवी भण्डारीको पुतला दहन गरिएको छ ।
संसदबाट बिशवासको मत गुमाएका प्रधानमन्त्री ओली संबिधानको धारा ७६ को उपधार ५ बमोजिम राष्टपतिले ठुलो दलको हैसियतले दोस्रो चोटी प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
ओलीले ३० को भित्रमा फेरी बिश्वासको मत लिने कानुनी बाटो हुदा हुदै पनि बिश्वासको मत नलिने भन्दै राष्टपतिलाई अर्को सरकार गठनको लागि दावी पेश गर्न अहवान गराउनु भयो ।
राष्टपतिले दिएको समयमा प्रधानमन्त्री ओलीले आफना पक्षका सांसद र जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो समुहका सांसद समर्थनमा १५३ जना सांसदको हस्ताक्षर सहित राष्टपति सम्क्ष हिजो दावी पेह गर्नु भएको थियो ,त्यस्तै नेपाली कांग्रेस माओबादी केन्द्र , र उपेन्द्र यादव, बाबुराम भटराई समुहको सांसदहको सहयोगमा १४९ जना सांसदको हस्ताक्षर सहित दावी पेश गरेका थिए ।
तर हस्ताक्षर कृर्ते गरेको भन्दै केही सांसदहरुले बिरोध जनाए पछि राष्टपति समय माग गरेका थिए ।
मध्यरातको समयमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरि आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा समेत गर्नु भएको छ ।
राष्ट्रपतिले संसद भंग गरि मध्यावधि चुनावको घोषणा रातको एक बजे गर्नु भएको थियो ।
रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला जलाइएको छ मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको भन्दै रौतहटको यमुनामाइ गाउपालिकाको सुकदेव चोक र गरुडामा शनिबार साझ राष्ट्रपति र प्रधानमन्त्रिको पुत्ला जनाइएको हो ।
रौतहटको गरुडामा जनता समाजवादी पार्टीका नेता बृजकिशोर यादवको नेतृत्वमा प्रतिनिधि सभा विघटन असंबैधानिक, अलोकतान्त्रिक कदम भएको भन्दै त्यसको विरुद्धमा बिरोध गरेका छन । बिरोधकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रिको केपी ओली मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । त्यसैगरि यमुनामाइको सुकदेव चोकमा भने नेकपा माओवादी केन्द्रका युवा नेता एवम प्रवक्ता नन्दलाल यादवको नेतृत्वमा प्रदर्शन गरेका हुन ।