रौतहमा खाद्यान्न पसलहरुमा अनुगमन

रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सोमबार खाद्यान्न पसलहरुको अनुगमन गर्नु भएको छ ।

रौतहटको गौरमा अतिआवश्यक खाद्यान्न सामग्रीहरुको कालो बजारी तथा मुल्यवृद्धि गरेर कृतिम अभाव सिर्जना गरेका ब्यावसायीहरुलाई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

सोमबार नै रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले गरुडा बजार र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रनिगाहपुरका बजार अनुगमन गरेको यादवले बताृउनु भएको छ । रौतहटमा जारी रहेको निषेधाज्ञाको मौका छोपी बजारमा कालोबजारी र मुल्यवृद्धि समेत बढेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

अनुगमनको क्रममा कालोबजारी र मुल्यवृद्धि गरेर समान बेच्नेहरुलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको यादवले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय रौतहट तथा गरुडा र चन्द्रनिगाहपुरमा खटिएका अनुगमन टोलीले मुल्यवृद्धि गर्ने, समानको मुल्य सुची नराखेका ब्यापारीहरुलाई कार्वाही गरेको जनाएको छ ।

दोस्रो लहरमा फैलिएको कोरोनाको समस्यामा रहेका नागरिकहरुलाई ठगी गर्न नपाओस भन्ने उद्देश्यले बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ रहेको छ । उहाका अनुसार बजारमा अहिले चर्को मुल्यवृद्धि भएको कारणले नागरिकहरु मारमा परेका छन । रौतहटमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी नै रहेको छ ।

error: Content is protected !!