मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको घोषणा

नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको स्थापना गर्ने घोषणा गरेको छ । नगद २५ हजार राशीको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने रौतहटका एक पत्रकारलाई हरेक बर्ष बैशाख २९ गते प्रदान गर्ने घोषणा गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले बताउनु भयो ।

कोरोना संक्रमित चौधरीको उपचारको क्रममा निधन भएकाले स्वास्थ्य सेवाको प्रभावकारिता र गुणस्तर बृद्धिका लागी रौतहटका सञ्चारकर्मीहरुले समाचारको माध्यामले स्वास्थ्य क्षेत्रमा सुधारका लागी आवाज उठाउन यो पुरस्कारले प्रेरित गर्ने पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाको भनाइ रहेको छ ।

विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहनु भएका चौधरीको गत बैशाख १७ गते कोरोना पुष्टि भएको थियो । उपचाररत अबस्थामा श्वास फेर्न समस्या भएपछि चौधरीलाई नारायणी अस्पताल विरगञ्जमा उपचार कै क्रममा बैशाख २९ गते उहाको निधन भएको थियो ।

मृतक चौधरीको कोरोनाको बिमा वापतको रकम १ लाख बिमा कम्पनीबाट नेपाल पत्रकार महासंघ रौतहट शाखालाइ बिमा कम्पनिले उपलब्ध गराउने जनाइएको छ । महासंघलाई सो रकम प्राप्त हसनासाथ चौधरीका परिवारलाई हस्तान्तरण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।

error: Content is protected !!