निर्वाचन कार्यालय रौतहट्द्धरा मतदाता नामावालीमा दर्ता कार्य स्थगन

निर्वाचन आयोग रौतहटले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ । विहिबार निर्वाचन आयोग रौतहटले एक सुचना जारी गरि नामवली दर्ता कार्य स्थगन गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोग नेपालले जेठ १० गते प्राप्त पत्र अनुसार २०७८ कात्र्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरण गरि २ चरणमा निर्वाचन हुने घोषणा गरेको छ ।  

मतदाता नामावली ऐन २०७३ को दफा ४ का अनुसार उपदफा २ मा भएको प्रावधान समेतका आधारमा निर्वाचन आयोग रौतहटबाट भइरहेको नामावली संकलन सम्बन्धि कार्य जेठ ९ गतेबाट अर्काे ब्यवस्था नभएसम्म मतदाता नामावली संकलनको कार्य स्थगन गरेको रौतहट जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताउनु भएको छ ।ं

जिल्ला निर्वाचन कार्यालय रौहतटको रोहवरमा रौतहटका इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता प्राप्त हुनासाथ सोही स्थानमा एक डेक्सको स्थापना गरि मतदाता नामवली दर्ता कार्य भइरहेको थियो । मतदाता नामवली दर्ताको कार्य स्थगन गरेपछि ति सबै कार्यहरु बन्द भएका छन । 

error: Content is protected !!