रौतहटको फार्मेसीहरुमा सिटामोलको अभाव

सरिता कुशवाहा । रौतहट जेष्ठ १५ गते

कोरोना महामारीका बेला रौतहटमा ज्वरोको औषधि सिटामोल पाउन छाडेको जनाइएको छ । रौतहटको कटहरिया लगायत १८ वटै पालिकाहरुमा पनि एक सातादेखि सिटामोलको अभाव भएको औषधि व्यवसायीहरुले बताएका छन ।

सामान्यतया ज्वरो र दुखाइ हुदा सेवन गरिने सिटामोल अहिले रौतहटको कटहरियामा औषधि पसलहरुमा पाउन छाडेको हो । औषधि पसलहरूले सिटामोल किन्न आउने व्यक्तिहरूलाई सिटामोल नभएको भनेर फर्काउने गरेका स्थानियले बताएका छन । कतिपयले सिटामोल जस्तै काम गर्ने अन्य औषधि दिने गरेका बताइएको छ ।

देशभर कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण हुँदा देखिने मुख्य लक्षण ज्वरो भएकाले यस्तो अवस्थामा सिटामोल खान डाक्टरले सिफारिस गर्ने गरेका छन । तर फार्मेसीहरूमा सिटामोल नै नपाउँदा कोरोना संक्रमितसहित अन्य ज्वरोका बिरामीहरू पनि मारमा परेका छन । औषधि किन्नका लागि फार्मेसीमा जादा सिटामोल नपाएको गुनासो स्थानियले बताएका छन ।

फार्मेसीहरूमा सिटामोल नभए पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क प्रदान गरिने औषधिमा भने सिटामोल सटेज नरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!