दैनिक उपभोग्य वस्तुमा आफूखुशी मूल्यवृद्धि गरे कारवाही हुने

सागर ठाकुर । रौतहट जेष्ठ १५ गते ।

जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कार्वाही हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएकाछन् जिल्लाको चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगाएतका स्थानमा रहेका ब्यापारीले उपभोक्तसंग मनोमानी मुल्य लिने गरेको सर्बसाधारणको भनाइ रहेको छ ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा गरिएको निषेधाज्ञाका कारण स्थानिय व्यापारीहरुले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएको उपभोक्तहरुले गुनासो गर्दै आएका छन ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यस्ता ब्यापारीहरुलाई कारवाही गरिने उद्योग वाणिज्य संघ रौतहटले जनाएको छ । महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्ने लगायत गरे कारबाही गर्ने संघले जनाएको छ ।

error: Content is protected !!