कटहरियामा तरकारी ब्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनको गरे अवज्ञा
सरिता कुशवाहा । रौतहट जेष्ठ १६ गते ।
रौतहटको कटहरियामा तरकारी ब्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनको अवज्ञा गरेका छन ।
कटहरियामा प्रहरी प्रशासनको सामनै हाट बजार लगेको प्रहरी प्रशासन कुनै चासो जलिएको स्थानियको गुजनासो गरेका छन । ,
रौतहटमा फलफुल तथा तरकारी बजारहरु भौतिक दुरि कायम गरि दैनिक ३ घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको थियो ।
तर आज आइतबारका दिन कटहरियाको इलाका प्रहरी कार्यालयको ५० मिटर उत्तरमा र नगरपालिका भन्दा १० मिटर दक्षिणमा हाट बजार लागेको देखिएको छ ।
कटहरियामा हाट बजार लागदा बजारमा भिडभाडमा बृद्धि भएको पाईएको छ कटहरिया बजारमा बाहिरबाट आउनु भएका उपभोक्ताहरुले बिना मास्ककै बजारमा किनमेल गरिएरहेको र प्रहरी प्रशासन मुखदर्शक बनेको स्थानियहरुले बताएका छन
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहिवार बसेको बैठकबाट रौतहटका १८ वटै स्थानीय तहमा रहेका फलफुल तथा तरकारी बजारमा भौतिक दुरि २ मिटर राखि दिउसो ३ बजेदेखि ६ बजेसम्म हरेक दिन सञ्चालन गर्न प्रमुख जिल्ल अधिकारी इन्द्रदेव यादवले निर्देशन दिनु भएको थियो ।
२ मिटरको दुरीमा उपभोक्ता राख्ने गरी चुनाबाट रेखाँकन गरिनुका साथै १० मिटरको दुरीमा पसल हुनुपर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले निर्देशन दिएको थियो ।
सो निर्देशनको अवज्ञा गर्दै भिडभाड गरेको र प्रहरी प्रशासन पनि देखेर मुखर्दशक बनेको स्थानियबासीहरुको भनाई रहेको छ ।
कटहरिया बजारमा सञ्चालनमा रहेका पसलहरुमा भौतिक दुरि तथा उपभोक्ता बस्नु पर्ने रेखा लगाइएका छैनन ।
नागरिकहरुको भिडभाड तथा भौतिक दुरि समेत कायम नगरि पसलहरु पनि बिहानै देखि सञ्चालन गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनको अवज्ञा गरिरहदा कटहरिया प्रहरी चौकीबाट खटिएका प्रहरीहरुले कुनै वास्ता नगरेको जसका कारणले गर्दा कोरोना संक्रमित हुने संम्भावना बढी देखिएको स्थानियले बताएका छन ।