रौतहटको दुर्गाभगवतीमा मंगलबार निषेधाज्ञामा कडाई
रौतहटको दुर्गाभगवती गाउपालिकामा मंगलबार निषेधाज्ञामा कडाइ गरिएको छ । रौतहटको दुर्गाभगवती गाउपालिका अन्र्तगत गंगापिपरा बजार क्षेत्रमा बिहानैबाट सञ्चालनमा ल्याइएको पसलहरु बन्द गराउदै मास्क पनि वितरण गरेको इलाका प्रहरी कार्यालय गंगापिपराका सइ बिमल खड्काले बताउनु भयो । रौतहटमा कोरोना भाइरस संक्रमण यथावत रहेकाले कोरोना जोखिमबाट आम नागरिकहरुलाई सुरक्षित राख्न बजार बन्द गराउने परेको सशस्त्र बल भोलोहियाका सइ बबलु सिंहले बताउनु भयो । बिना काम सवार सवारी साधनहरु र मास्क बिना घरबाहिर निस्केका नागरिकहरुलाई मास्क समेत वितरण गरेको सइ सिंहले बताउनु भयो । रौतहटमा बैशाख २१ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण अहिले रौतहटमा संक्रमितको संख्यामा कमी हुदै आएको छ । अझै केही दिन सुरक्षित रहन स्वास्थ्यकर्मीहरुले अपिल गरेका छन ।