गौर र चन्द्रपुरमा आरडिसी नेपालद्धारा स्वास्थ्य सामाग्री बितरण

रौतहटको चन्द्रपुर नगरपालिकालाई आरडिसि नेपालले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेके छ । विश्वव्यापी रुपमा कोभिड भेरियन्ट महामारीको उपचार तथा रोकथामका लागि ग्रामीण विकास केन्द्र आरडीसी नेपालले पेन्नी अपिलको सहयोगमा अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिकासँगै गौर नगरपालिकालाई पनि सो संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो  । महामारीबाट आम नागरिकहरुलाई बच्न र बचाउने उद्देश्यले आवश्यक स्वास्थ्य सामाग्रीहरु आफुहरुले चन्द्रपुर नगरपालिकाका नगरर प्रमुख रामचन्द्र चौधरी र गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता हस्तान्तरण गरेको आरडीसीका कार्यकारी निर्देशक आलोक कुमार सिंह र अध्यक्ष पारस हुसेनले बताउनु भयो । पेन्नी अपिलको सहयोगमा आरडीसी नेपालले अक्सिजन भरेका १५ ओटा सिलिण्डर, ६० थान अक्सिमिटर, ४ थान थर्मल गन, ५० थान पीपीई सेट, ५०० थान केएन ९५ मास्क, ५०० प्याकेट सर्जिकल मास्क, ५५० थान सेनिटाईजर, ३१६ थान हैण्डवास तथा २५०० पीस हातधुने साबुन हस्तान्तरण गरेको कार्यकारी निर्देशक सिंहले जानकारी दिनु भयो । संक्रमितको उपचार तथा सुरक्षाका लागि आवश्यकता अनुसार यी सामाग्रीहरु नगरपािलका मार्फत चन्द्रपुर स्थित कोभिड अस्पताल तथा आइसोलेसनलाई हस्तान्तरण गरिएको नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो ।

error: Content is protected !!