रौतहटको बौधीमाइमा आयुर्वेद क्लिनिकमा सिल
रौतहट १९ जेठ । रौतहटको बौधीमाइमा रहेको एक पताञ्जली आयुर्वेद क्लिनिक सिलबन्दि गरिएको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराइको रोहवरमा प्रशासकिय अधिकृत मुकेश कुमार चौरसिया , निमित्त प्रमुख पशासकिय अधिकृत रामेश्वर राय यादव ,सहायक सव इनिन्स्पेक्टर राजहरण यादव लगायतको टोलीले बौधीमाइ नगरपालिकाको वडा नम्बर ७ मा सञ्चलानममा रहेको आयुर्वेद क्लिनिकको अनुगमन गरेको हो । अनुगमनको क्रममा क्लिनिक दर्ता नै नगरि सञ्चालन गरेको, नक्कली NAMC नम्बर राखी डाक्टरको नाम लेखेको र सो को कागजात उपलब्ध गराउन नसकेकोले क्लिनिक सिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाइएको छ । आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराइले बताउनु भयो ।