नेपाल पत्रकार महासंघ रौतहटद्धारा शहिद परिवारलाई नगदसहित खाद्यान्न वितरण
नेपाल पत्रकार महासंघ रौतहटद्धारा शहिद परिवारलाई नगदसहित खाद्यान्न वितरण गर्नु भएको छ । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले मधेश आन्दोलनका शहिद राजकिशोर ठाकुरका परिवारलाइ बुधबार नगद सहित खाद्यान्न वितरण गर्नु भएको हो । रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नम्बर ३ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आइ रहनु भएका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश भाइले उपलब्ध गराउनु भएको १० हजार नगद सहित विभिन्न खाद्यान्न बुधबार वितरण गर्नु भएको हो । चामल २५ किलो , दाल ५ किलो, सोयाबिन १ किलो, खाने तेल २ लिटर, आलु ५ किलो, प्याज ५ किलो , बिस्कुट १ डिव्वा मधेश आन्दोलनमा रौतहटका प्रथम शहिद ठाकुरका श्रीमती अन्शु देवि ठाकुरलाई अध्यक्ष झाले हस्तान्तरण गर्नु भएको हो । रौतहट इशनाथ नगरपालिका वडा नम्बर ४ घर भएका शहिद परिवार ठाकुरलाई नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष झाले अमेरिकाबाट प्रकाश भाइले उपलब्ध गराउनु भएको नगद तथा खाद्यान्न हस्तान्तरण गर्न पाउँदा खुशी महसुस गरेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रवीण कुमार शर्मा , पत्रकार किशोरी यादव , सशस्त्र प्रहरी सहायक निरीक्षक राम बिस्वास यादव लगायतका सहभागीता रहेको थियो ।