विभिन्न दातृ संस्थाहरुले ईशनाथमा अनुमति बिना कुनै पनिकार्य गर्न नपाईने

रौतहटको दक्षिणि भेगमा अवस्थित इशनाथ नगरपालिकामा नगर प्रमुख सन्तोष कुमार मेहताले आफनो नगरपालिकासँग अनुमति र सहकार्यका मात्र गरि प्रत्यक्ष सरोकार राख्ने कार्य गर्न अपिल गर्नु भएको छ ।

कोरोना महामारी बाट आम नागरिकहरुको जीवन रक्षा गर्न आफ्नो नगरपालिकामा विभिन्न दातृ संस्थाहरुले नगरपालिकाको अनुमति तथा सहकार्य बिना कुनै पनि कार्यक्रम नगर्न र नगराउन नगर प्रमुख सन्तोष मेहताले सबै संग अनुरोध गर्नु भएको छ ।

महामारीको बिसम परिसथितिमा विभिन्न दातृ निकाय , संघसंस्थाहरुले राजनितिकरण गरि आफ्नो स्वार्थपुर्तिका लागी सोझासाझा गरिव निमुखा जन्ताहरुलाई प्रलोभनमा पारी वितरणमुखि कार्यक्रमहरु सञ्चालन गरेको आफुलाई जानकारी प्राप्त भएको जनाउनु हुदै त्यस्ता कार्यक्रमहरु नगरपालिकाको अनुमति वा सहकार्यमा मात्र गर्न नगर प्रमुख सन्तोष मेहताले दातृ संघसंस्थालाई अनुरोध गर्नु भयो ।

नगरपालिकाको अनुमति वा सहकार्य बिना त्यस्ता कार्यक्रम सञ्चालन गर्नमा रोक लगाइएको मेहता द्धारा जारिगरिएकोे बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो महासंकटको घडीमा मौका छोपी बजारमा विभिन्न गैर खाद्यबस्तु , म्याद समाप्त भएका खाद्यान्नहरु विक्रिवितरण हुन सक्ने हुदा नगर क्षेत्रका नागरिहरुलाई सचेत रहन पनि मेयर मेहताले सबै संग अपिल पनि गर्नु भएको छ ।

error: Content is protected !!