रौतहटमा निषेधाज्ञा जेठ ३१ गते रातिको १२ बजे रातिसम्म
जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारिगरी अगामी जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न मअअmअ को बैठकले आजराती १२ बजेदेखि लागुहुने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । कोरोना संक्रमणको विषम परिस्थितीमा नेपाल सरकारले अध्यायदेश जारी गरि कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भएको छ ।
बैंक तथा वित्तीय संस्था खाद्य सामाग्री २० प्रतिशत कर्मचारीहरुको उपस्थितीमा सञ्चालन गर्न पाउने भएका छन ।
किराना फलफुल तरकारीका पसलहरु हप्ताको ४ दिन आइतवार, मंगलवार , बिहिवार र शुक्रबार सञ्चालन गर्न पाउने भएका छन ।
अन्य दिन भने सबै ब्यापार ब्यावसाय बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
होटल तथा रेष्टुरेयटहरुले होम डेलिभरी मार्फत मात्र ब्यावसायी सञ्चादन गर्न पाउने जनाइएको छ ।
त्यसैगरि निर्माण सामग्रीहरुको पसल भने खोल्न पाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ
त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाईने छ ।
जीमखाना,पार्लर,शैक्षिक संस्था,ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गराउन निर्देशन दिईएको सिडियो ईन्द्रदेव यादवले बताएका छन । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ ।
विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला,बेहुली सहित ब्यानर राखेर हिड्न पाइने छ ।