बृन्दावन पालिकामा चट्याङबाट मृत्यु भएका महरालाई २ लाख राहत
गत बैशाषमा बृन्दावन नगरपालिकामा चटयाङमा परि मृत्यु भएको राम लसन महराका हकवाललाले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले २ लाख रकमको चेक राहत स्वरुप हस्तान्तरण गर्नु भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटको आफ्नै कार्यकक्षमा मृतक राम लसन महराका हकवाला श्रीमति झौरी देवीलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सो रकम हस्तान्तरण गर्नु भएको हो ।
बृन्दावन नगरपालिकाको वडा नं. ३, प्रतापपुर पल्टुवाका वर्ष ४८ का राम लक्ष्ण महरा भनिने राम लसन महराको गत जेठ ९ गतेका दिन चट्याङ्ग लागेर निधन भएको थियो ।