कोरोना बिरुद्धको पहिलो डोज रौतहटको ६ स्थानमा सञ्चालन

रौतहटमा बुधबार देखि कोरोना बिरुद्धको पहिलो डोज भेरोसिल खोप ६ स्थानमा लगाउन शुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जादा खोपको माग समेत बढ्दै गइरहेको अबस्थामा चिन सरकारले अनुदानमा दिएको भेरोसिल खोप ६२ बर्षदेखि ६४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई लगाउन शुरु गरिएको हो ।

जिल्लाको चन्द्रनिगाहपुर अस्पताल , कटहरिया प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया , पतौरा प्राथमिक स्वास्थ्य केन्द्र , गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्र , राजपुर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय रौतहटमा सो खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउने कार्य तिब्र गतिमा भइरहेको जनईएको छ । जिल्लाको उल्लेखित ६ स्थानमध्ये नागरिकहरुलाई पायक पर्ने खोप केन्द्रमा गई तोकिएको उमेर समुहका नागरिकहररु।

शुक्रबार जेठ २८ गतेसम्म उपस्थित गराई अनिवार्य खोप लगाउन स्वास्थ्य कार्यालय गौर रौतहटले अपिल गरेको छ । खोप लगाउन आउदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा सम्बन्धित वडा कार्यालयले दिइएको सिफारिसका आधारमा मात्र खोप लगाइने स्वास्थ्य कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुख दिपेन्द्र कुमार रायले बताउनु भयो ।

error: Content is protected !!