
रौतहटमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टि
सरिता कुशवाहा । रौतहट जेष्ठ २७ गते ।
पछिल्लो २४ घण्टामा रौतहटका ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रौतहटका ४८ जनाको पिसिआर परिक्षण गराउदा रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
विहिबारसम्ममा रौतहटका १२५९ जनामा कोरोना संक्रमित पुष्टि भइसकेका छन । जसमध्ये रौतहटका ४९३ जनाले कोरोना जितिसकेका छन भने ७१५ जना संक्रिय सक्रमित रहेका छन ।
सक्रिय संक्रमितहरुमध्ये ७०७ जना होमआइसोलेसनमा नै रहेको , ७ जना साधारण उपचारमा रहेको र १ जना अन्य जिल्लामा उपचाररत रहेको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।