चन्द्रनिगाहपुरमा सरकार बिरुद्ध नेवि संघको प्रदर्शन

सागर ठाकुर । रौतहट जेष्ठ २८ गते ।

रौतहटमा नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन गरेको हो । केपि ओलि राजिनामा दे,बहुल राज्य चाहिदैन, राजेन्द्र महतो राजिनामा दे,संसद विघटन फिर्ता गर,कोभिड खोपको तत्काल ब्यवस्था गर,रास्ट्रपतिको असम्बैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज गर जस्ता नारा लेखिएको प्ले कार्ड सहित नेबिसंघको नेतृत्वमा काग्रेसका नेता कार्यकर्ताहरु ले चन्द्रपुरमा प्रदर्शन गरेका हुन ।

नेपालीहरुमा सदियौँदेखि विविधता बीचमा पनि एकता कायम रहिरहेकोमा उपप्रधानमन्त्री महत्तोले सो एकता भाड्ने अभिव्यक्ति दिएकाले त्यस्ता व्यक्तिलाई एकछिन पनि सरकारमा बस्न नैतिकताले नदिने भन्दै तत्काल राजिनामा दिनुपर्ने नेविसंघ रौतहटका नेता सुमन गौतमको भनाइ छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आफ्नो शत्ता जोगाउने नाममा देश विरुद्ध अभिव्यक्ति दिनेलाई तुरुन्त सरकारबाट हटाउनुपर्नेमा उल्टै संरक्षण दिएर राष्ट्रघात गरेको उनको आरोप छ । त्यसैगरी प्रदर्शनकारीहरुले नेपाल सरकारले वजेट मार्फत ल्याएको चुरे उत्तखनन्को निति खारेज हुनुपर्ने माग पनि गरेका छन् ।

सरकारले व्यापार घाटा कम गर्ने भन्दै चुरे दोहन गरेर तराई मधेसलाई मरभुमीकरण गराउन खोजेको भन्दै चेतावनी स्वरुप विरोध प्रदर्शन गरिएको बताउँदै युवा नेता संगम श्रेष्ठले कामचलाउ सरकारले अध्यादेश मार्फत ल्याएको वजेटमा राखिएको चुरे दोहन निति फिर्ता नलिए झन् कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

नेपाल विद्यार्थी संघ रौतहटका अध्यक्ष देवराज कार्कीको नेतृत्वमा नेवि संघ जनज्योती बहुमुखि क्याम्पसका सभापति संगम श्रेष्ठ , सुमन गौतम , श्यामहरि चौलागाई , अधिकार लामिछाने , सुशिल अधिकारी लगायतका विद्यार्थी नेताहरुको सहभागीतामा सामाजिक दुरि कायम गरि सरकारको चर्को बिरोध प्रदर्शन गरेका नेवि संघ रौतहटले जनाएको छ ।