फतुआ बिजयपुर वडा नं. ८ की महिला नेतृ पटेलकी असमाहिक निधन

सागर संगम ठाकुर । रौतहट जेठ २९ गते ।

रौतहटमा नेपाली कांग्रेसकी एक जना महिला नेतृको निधन भएको छ । जिल्लाको फतुआ बिजयपुर नगरपालिका वडा नं. ८ बस्ने कांग्रेस माहा समिती सदस्य एमं चर्चित महिला नेतृ अनरवा देवी पटेलको ५० बर्षको उमेरमा गए राती ९ बजेको समयमा निधन भएको हो ।
महिला नेतृ पटेलकी अचानक स्वास्थयमा समस्या पछि उनलाई उपचारका लागि बाहिर लैजाने क्रममा बिच बाटोमा मृत्यु भएको निजका पारिवारीक श्रोतले बताउनु भयो ।
हृदयघात रोगबाट लामो समय देखि ग्रसित रहेकी उनका आफन्तहरुले बताएका छन । उनको निधन प्रति नेपाली कांग्रेस फतुआ बिजयपुर नगरपालिकाका नगर सभापति बाबुराम अधिकारीको अध्यक्षतामा यस क्षेत्र नं. ३ का पुर्व सांसद एवं संबिधान सभा सदस्य शुनिल यादव उर्फ जितेन्द, फतुआ बिजयपुर नगरपालकाका नगर प्रमुख गोपाल राय यादव, कांग्रेसका जिल्ला सचिव हृदयनरायण यादव, बिधायक प्रत्यासी रामनरायण यादव, जिल्ला सदस्य बालमिकी यादव, कटहरिया नगरपालकाका नगर सभापति एवं वडा नं. ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, क्षेत्रिय उप सभापति प्रकाश श्रेष्ठ लगाएत पार्टीका आवद्ध नेता कार्यकर्ताहरुले पटेलकी पार्थीव शरीरमा पार्टीको झण्डा ओढाई शवलाई अन्त्योष्टी गर्नु भयो ।

मृत्क पटेल प्रति पुर्व सांसद जितेन्द्र यादवले दुःख ब्यक्त गर्नु भएको छ । नेपालको राजनितीमा लामो समय देखि कांग्रेसमा आवद्ध भई बिभिन्न काल खण्डमा आफनो अहम भुमिका निर्वाह गरिदै आएकी एकल शाहसी नेतृको रुपमा चर्चित महिला थिए ।
उनले पार्टीमा गरेको योगदान र त्यागलाई कहिले पनि नर्बिसिने यादवले बताउनु भयो । आफुलाई बालयकाल देखि एउटा अभिवावको रुपमा सधै सल्लाह सुझाव दिने गर्थे वहाले बताउनु भयो । पार्टीले एउटा साहसी र निडर महिला नेतृ गुमाएको यादवले बताउनु भयो ।
कांग्रेसले गरेको बिभिन्न आन्दोलनमा पटेल आफनो सहभागिता जनाउदै अहम भुमिका खेलिदै आएका थिए । नेपालको राजनितीकमा लामो समय देखि कांग्रेसमा आवद्ध भई समाज सेवाका काम गरिदै आएका थिए ।
मृत्क पटलकी शवलाई आज पार्टी नेता कार्यकर्ताहरुले पार्थी शरिरमा पार्टीका झण्डा ओढाई अन्तीम दाहसस्कार गरिएको पुर्व सांसद जितेन्द्र यादवका सचिवाल सचिव गनिलाल यादवले जानकारी दिन भयो ।