रौतहटमा एक महिलामाथि एसिड प्रहार
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ का ३८ वर्षका दिपिका वि.क. लाई उहाको श्रीमानले एसिड प्रहार गरेका हो । पीडित महिलाकोे एपोलो सिटी अस्पताल चन्द्रपुरमा उपचार भइरहेको जनाइएको छ ।
पिडित महिलाको शरिरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालका प्रबन्ध निर्देशक अमर ठाकुरले बताउनु भयो । एसिड प्रहारबाट पिडित महिलाको देब्रे हात र पेटमा चोट लागेको छ । शनिबार साँझ ६ बजे सामान्य विवाद हुँदा उहाका श्रीमान दिपकले एसिड आक्रमण गरेको पीडित दिपिकाले बताउनु भयो ।
केही समय भएको विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएपछि बोतलमा ल्याएको एसिड छ्याप्न खोज्दा एसिड खोस्ने प्रयास गर्ने क्रममा हातमा र मुखमा एसिड परेको पीडितले महिलाले बताउनु भयो ।
श्रीमतिलाई एसिड आक्रमण गर्ने ४२ वर्षिय श्रीमान दिपक वि.क. लाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका बताउनु भयो । पक्राउ परेका विकलाई प्रहरीले अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।