बृन्दावन वन क्षेत्रबाट सालको गोलियासहित २ थान साइकलसहित बरामत
विषेश सुचनाको अधारमा रौतहटको बृन्दावनमा सोमबार साझ २ थान साइकलसहित बरामत गरेको छ । सोमबार साझ बिशेष सुचनाका आधारमा बृन्दावन सव डिभिजन वन अधिकृत सोनफी पासवानको नेतृत्वमा गएको गस्ति टोलीले काठ तस्करहरुलाई घेरा हाली पक्राउ गर्न खोज्दा वन कर्मचारी देख्नासाथ तस्करहरु साइकल २ थान साल जातको गोलिया छोरी फरार भएको बृन्दावन सव डिभिजन वन कार्यालयले जनाएको छ ।
तस्करहरुले छाडेका गोलिया ९।३७ क्युफिट काठ र २ थान साइकल आबश्यक कारबाहिको लागि डिभिजन बन कार्यालय रौतहटमा पेश गरेको जम्दार कुञ्ज प्रकाश बन्ठाले बताउनु भयो ।
कोरोना संक्रमणको मौका छोपी तस्करहरु सक्रिय भएको अबस्थामा वन कर्मचारीहरुले तस्करहरुमाथी निगरानी बढाएका जिल्ला डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।