रौतहटमा असार ७ गतेसम्मका लागी निषेधाज्ञा थप

रौतहटमा असार ७ गतेसम्मका लागी निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको महामारीको संकटबाट आम नागरिकहरुलाई सुरक्षित राख्ने एउटै उपाय निषेधाज्ञा रहेकाले थप एक साता असार ७ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । निषेधाज्ञा थप गरेको भएतापनि खुकुलो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु कार्यालय खुल्ने ६ दिन नै खुल्ने भएका छन । खाद्य सामाग्री किराना फलफुल तरकारीका  पसलहरु हप्ताको ७ दिन नै  सञ्चालन गर्न पाउने भएका छन ।

होटल तथा रेस्टुरेष्टहरु भने होम डेलिभरी मात्र गर्न पाउने भएका छन । हाट बजार , फुटपात , ठेलागाडा , सार्वजनिक सवारी साधनहरु बस ट्याक्सि , जीप , टेम्पो तथा निजि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!