केरा खेतीप्रति आकर्षित रौतहटका किसानले पाए बिउसहित सामग्री
रौतहटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतमा बिउ तथा मल बितरण कार्यक्रम सम्पन्न भएको छ । रौतहटको गढीमाई नगरपालिका–२ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केरा ब्लौक विकाश कार्यक्रम बमोजिम किसानहरुलाई बिउ र मल बितरण कार्यक्रम सम्पन्न भएको हो ।
गत बुधबारबाट सञ्चालन भएको केरा किसानहरुको तालिमको समापन गर्नु हुदै सो बिउ तथा मल वितरण गरेको जनप्रिय बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादबले बताउनु भयो । तालिममा सहभागीहरुलाई केरालाई कुन महिनाबाट लगाउदा उपयुक्त हुने र कसरी केरा सरक्षण गर्ने भन्ने सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।
तालिम समापनसँगै एक कार्यक्रम बिच गढीमाई नगरपालिका वडा नं।३ र ५ का किसानहरुलाई पम्पी सेट ५ थान,बिधुतिय स्प्रे टंकी ३० थान ,केराको बिउ एक हजार थानका साथै प्राङगरिक मल बितरण गरेको आयोजक सस्थाको अध्यक्ष यादब बताउनु भयो । अन्य खेतीबाट भन्दा केरा खेतिबाट राम्रो आम्दानी लिन सकिने भएकाले केरा ब्लौक कार्यक्रममा जोड दिएका यादबको भनाई रहेको छ ।
सो कार्यक्रममा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादबको बिशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गढीमाई नगरपालिका वडा नम्बर नं। ६ का वडा अध्यक्ष राम सिँहासन यादब ,गढीमाई न।पा वडा नम्बर नं। ९ का वडा अध्यक्ष पुनित सहनी ,नागेन्द्र सिँह ,अनुठा बैठा ,अच्छेलाल यादब ,राम सोगारथ दास ,पनिलाल यादब ,उपेन्द्र यादब लगायतको सहभागीता रहेको थियो ।