रौतहटमा शैक्षिक संस्था बाहेक सवारी साधनसहित सबै खुल्ने
रौतहट ७ असार ।
रौतहटमा निषेधाज्ञाको अवधि ७ दिनको लागी थप गरे संगै निजी सवारी साधन पनि सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । असार ७ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय सकिन लाग्दा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार असार १४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रजिअ यादवले मंगलबारदेखि जोर बिजोर प्रणाली अुनसार निजी सवारी साधन चल्न पाउने बताउनु भयो । स्वास्थ्य मापदण्ड अपनाएर सबै खाले क्रियाकलाप सञ्चालन हुने भएतापनि भिडभाड हुने खालका क्रियाकलाप हुने स्थानहरु सभा सम्मेलन , गोष्ठि तालिम , सेमिनार , सिनेमा हल , पार्टी प्यालेस , स्वीमिङ पुल , सपिङ महल , शैक्षिक संस्थाहरु आदी भने सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । स्थानिय तहहरुले भने आलोपालो गरि भिडभाड नगराइ आफ्नो कार्य सञ्चालन गर्न गराउन जिल्ला प्रशासन कार्यलय रौतहटले अनुरोध गरेको छ ।
आइतबार र सोमबार गौर , राजदेवी , फतुवा विजयपुर , माधवनारायण नगरपालिकाका नागरिकहरुले सेवा प्रवाह गर्नु पर्ने , मंगलबार र बुधबार बौधीमाई , देवाही गोनाही , यमुनामाई , दुर्गा भगवती र राजपुर नगरपालिका , र विहिबार र शुक्रबार मौलापुर , कटहरिया , परोहा , ईशनाथ नगरपालिकाले आफ्नो सेवा प्रवाह गर्न पाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।