रौतहटमा मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई प्रहरीको नियन्त्रणमा

 नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा–५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताउनु भयो ।

रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला रौतहट आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले उहालाई कालो झण्डा देखाएर विरोध गरेका थिए ।

दुई धारमा बाडिएका मधेशवादी दलको उपेन्द्र यादव पक्षले सरकारमा गएका महन्थ ठाकुर पक्षको विरोध गर्दै आइरहेको छ ।

error: Content is protected !!