सर्लाहीमा एक वडा अध्यक्षको हत्या

सागर ठाकुर । अषाढ १२ गते (सर्लाही )

 सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राती हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ ।

भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको प्रहरीले जनाएको छ ।

राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो । सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक  सन्तोष सिंह राठौरले बताउनु भयो ।

पूर्व योजना नभई आवेशमा आई घटना भएको देखिएको एसपी राठौर बताउनु भयो । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताउनु भयो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!