मौलापुरमा ओली समर्थकले प्रचण्ड पक्ष माथि गरे हमला १३ जना घाइते २ जना पक्राउ

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा शनिवार दुइ पक्ष विबाद हुदा १३ जना घाइते भएका छन् । आज विहान भएको वर्षातको पानी घरमा जम्मा भएपछी पानीको निकास गर्न खोज्दा भएको विवाद कुटपिटमा परिणत भएको हो ।

स्थानीय मुवाली साह सोनारले वर्षाको पानी स्थानीय हृदय यादवको धानको विउ लगाइएको खेतमा बगाउदा विबाद भएको थियो । पार्टीबाट निस्कासित भएका सांसद प्रभु साहको समर्थक रहेका साह पक्षले खेतमा पानी हालेर विउ नस्ट गर्न खेजेको भन्न जादा आक्रमण गरेको पिडित पक्ष हृदय यादवले दावी गरेका छन् ।

दुवै पक्षबाट १३ जना घाइते भएका छन्  । मुवाली साह , सोहान साह सोनार , रन्जु देवी , नैन देवी , किशुन साह , धर्मेन्द्र साह , भरत साह , श्याम कुमारी देवी घाइते भएका छन् भने यादव पक्षका हृदय यादव , जगरनाथ महतो , विरेन्द्र यादव , रमिता देवी महतो ,राम किशोर यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाइ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा नम्बर १ निवासी शिव पुजन महतो र सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिएका छन् । घाइतेहरु मध्ये ४५ वर्षीय नैन देवीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि विरगंज पठाईएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

नमस्ते अस्पतालमा उपचार भएका घाइतेहरु मध्ये १२ जनाको अवस्था सामान्य रहेको अस्पतालका डाक्टरले जनाएको छ । यादव पक्षका एक जनाको हात भाचिएको छ भने साह पक्षका नैन देवीको टाउकोमा चोट लागेकोले २५ वटा ताका लगाईएको छ । घटनाको निष्पक्ष रुपमा छानविन गरि दोषी माथि कानुनी कार्यवाही गरिने प्रहरी उपरीक्षक शाहले प्रतिवद्धता जनाएका छन् ।

अषाढ १० गतेका दिन नगरपालिकाका निवर्तमान नगर प्रमुख रिना कुमारी साहले नियम विपरित नगर परिषद गर्न लागेको भन्दै गरेको विरोधको निहुमा घटना घटाईएको वडा अध्यक्ष राम प्रवेश यादवले आरोप लगाएका छन् । धानको विउ रहेको खेतमा घरको पानी बगाएर विउ नस्ट गर्ने कार्य गर्दा नगर्न भन्न् जादा आक्रमण गर्न लाग्नु राजनीतिक सड्यन्त्र भएको टिप्पणी उहाको रहेको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा गएको आरोपमा सांसद प्रभु साह , उहाको श्रीमती रिना साह र उप प्रमुख गौरी शंकर जैसवाललाइ पार्टीले निस्काशन गरेपछि निर्वाचन आयोगको अषाढ ९ गतेको निर्णयले पद समाप्त भएको हो । पद मुक्त भएको नेताले दुइ पक्ष विचको विवादलाइ राजनीतिक रुप दिन लागिएको स्थानीय लखिन्द्र यादवले बताएका छन् ।

प्रभु साहको समर्थनमा मुवाली साह रहेका छन् भने प्रचण्डको पक्षमा यादव पक्ष रहेका छन् । प्रभु साह समर्थकले प्रचण्ड समर्थक माथि हमला गर्ने कार्य शुरु गरेकोले यस्ता कार्य नहुन दिन प्रहरी प्रसाशनलाइ स्थानीयहरुले आग्रह गरेका छन् । निर्वाचन आउने बेलामा प्रभु साहले जातीय दंगा पहिला देखि नै उक्त क्षेत्रमा गराउदै आएका अभिलेख रहेका छन् ।

error: Content is protected !!