चन्द्रपुरका प्रमुखलाई नै थाहा छैन आफ्नै कार्यक्रमका विवरण
रौतहट १४ असार । रौतहटको चन्द्रपुर नगरपालिकाको ब्यक्तिगत तथा सामाजिक सुरक्षा घटना दर्ता शिविरको एक कार्यक्रमका बिच सोमबार सम्पन्न गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको १० वटा वडाहरुमा सञ्चालन गरिएको सो शिविरमा कोरोना महामारीकाबिच जन्म दर्ता , मृत्यु दर्ता , विवाह दर्ता लगायत सामाजिक सुरक्षा घटना दर्ता गर्न नपाएका नागरिहरुलाई सम्बन्धित वडाहरुमा नै शिविर सञ्चालन गरि घटनाहरुको दर्ता गरेको शिविर सञ्चालकले बताएका छन । मिसन डेभलपमेन्ट नेपालका रोहित चौधरीले चन्द्रपुर नगरपालिकाका १० वटै वडाहरुमा शिविर सञ्चालन गरेको बताउनु भयो । गत जेठ २० गते शिविरको उद्धघाटन गरि शुरुवात गरेको निशुल्क ब्यक्तिगत तथा सामाजिक सुरक्षा घटना दर्ता शिविरको सोमबार समापन गरिएको छ । सो अबधिमा दर्ता भएका ब्यक्तिगत घटनाहरुको विवरण भने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानलाई नै जानकारी नभएको पाइएको छ । सो सम्बन्धि विवरण आफुलाई थाहा नभएको र पञ्जिकरण शाखामा बुझ्नु पर्ने प्रधानले बताउनु भयो । चन्द्रपुर नगरपालिकाका १० वटा वडाहरुमा सञ्चालन गरिएको शिविरमा दर्ता भएका घटनाहरुको विवरण समापन कार्यक्रममा प्रस्तुत गर्नु पर्ने भएतापनि त्यो विवरण प्रस्तुत नगरेको वडा अध्यक्षहरुले बताएका छन । आफ्नो नगरपालिकामा सञ्चालन गरिएको विवरण नै प्रमुख प्रशासकिय अधिकृतलाई नै अवगत नहुदा के कति जनाको ब्यक्तिहरुको घटनाहरु दर्ता भएको छ भन्ने नै एकिन नभएको समापन कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले बताएका छन ।