बृन्दावन नपाले आम महिलाहरुमाथी अन्याय गरेको भन्दै मुख्या गेटमा नै तालाबन्दि
रौतहट १४ असार । रौतहटको बृन्दावन नगरपालिकामा महिला अधिकारकर्मीहरुले तालाबन्दि गरेका छन । रौतहटको बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवले बृन्दावन नगरपालिकाका आम महिलाहरुमाथी अन्याय गरेको भन्दै मुख्या गेटमा नै तालाबन्दि गरि उनीहरु धर्ना बसेका छन । रौतहटका विभिन्न पालिकाहरुमा सञ्चालन भएका विभिन्न दातृसंस्थाहरुलाई ५० प्रतिशत कमिसनको लोभमा परी विभिन्न योजना तथा कार्यक्रमहरु दिने गरेको महिला अधिकारकर्मी प्रभा सिंहले बताउनु भयो । बृन्दावन नगरपालिकामा नै सञ्चालनमा रहेका संघसंस्थाहरुलाई ऋनु गर्न नदिने तर अन्य स्थानिय तहहरुका संस्थाहरुलाई भने कमिसनको लोभमा आफ्नो नगरपालिकाको कार्यक्रमहरु दिने गरेको सिंहको आरोप रहेको छ । नगर सभामा समेत महिलाहरुलाई बेवास्ता गरेको महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ । आइतबार बृन्दावन नगरपालिकाको नगर सभाको उद्घाटन सत्र समापन पश्चात निज सिंह नगर सभामा सहभागीता जनाउनु भएको र तत्काल नै महिला सिप विकासको नाममा बृन्दावन नगरपालिकाका सबै वडाहरुमा प्रति वडा १५ लाखको दरले रकम विनियोजन गर्नु पर्ने माग गरेको नगर प्रमुख रामस्नेही यादवले बताउनु भयो । आफुले आवश्यकताका आधारमा रकम विनियोजन गर्न प्रतिबद्धता जनाएपनि नगद कारोवार गर्नु पर्ने माग प्रभा सिंहले अघि सारेको नगर प्रमुख यादवले बताउनु भयो । आफ्नो निजि स्वार्थका लागी नगरपालिकाको सेवा प्रभावमा अवरोध गरेको नगर प्रमुख यादवको दावी रहेको छ । समस्या समाधान वार्ताबाटै हुने भएकाले सोमबार नै नगरपालिकाको ताला खुल्ने नगर प्रमुख रामस्नेही राय यादवले बताउनु भयो ।