कटहरिया नपामा काबा प्रमुखको रुपमा पदभार ग्रहण गरेकी खातुनको पद केही बेरमै चैट , रौतहटका दुई मेयरको पुर्नबहाली गर्न सर्वेच्चको आदेश

रौतहटको कटहरिया नगरपालिकाका उपप्रमुखले कार्यवाहक नगर प्रमुखको पदभार मंगलबारबाट सम्हाल्नु भएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गराइ दिएपछि कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुस्वाहा एमाले प्रवेश गरेका थिए ।
एमाले प्रवेश गरेका माओवादी केन्द्रबाट विजयी हुनु भएका कुस्वाहालाई माओवादी केन्द्रले कारवाही गरि निर्वाचन आयोगलाई पत्र पठाइएको थियो ।
गत असार ११ गते बिहान निर्वाचन आयोगले एक सुचना जारी रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख कुस्वाहासहित ७ जना प्रमुख तथा उपप्रमुखहरुको पद रिक्त भएको जनाएको थियो ।
मंगलबार एक कार्यक्रमकाबिच माओवादी केन्द्रबाट निर्वाचित कटहरिया नगरपालिकाका उपप्रमुख नुर जहा खातुनले नगर प्रमुखको पदभार सम्हाल्नु भएको छ ।
अन्य नगरपालिकाका कारवाहीमा परि रिक्त भएका प्रमुख तथा उपप्रमुखहरुको पद भने रिक्त अबस्थामा नै रहेका छन ।
पद रिक्त गरिएका रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी साह , कटहरियाका नगर प्रमुख सियाराम कुशवाहा , देवाही गोनाहीका उप्रमुख परनिया देवी , मैलापुरका उपप्रमुख गौरि शंकर प्रसाद ,फतुवाविजयपुरका उपप्रमुख कान्ति देवी ,
माधवनारायणका उपप्रमुख सिमल कुमारी साह र यमुनामाई गाउपालिकाका उपाध्यक्ष गितादेवी साह माओवादी दल त्याग गरि एमाले प्रबेग गरेका थिए ।


तर सर्वेच्च अदालतले रौतहटमा पद मुक्त भएका दुई जना मेयरलाई पुर्णबहाली गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।
यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन् ।

यसै बिच पुर्णबहाली संगै सोको खुशहालीमा कटहरिया नगरपालिकामा दिपप्रज्वलन गरिएको छ । रौतहटको दुईवटा नगरपालिकाका मेयरलाई सर्वोच्चले पुनर्बहाली गरि दिएको छ । कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुश्वाहा र मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहलाई पदमा पुनर्बहाली गरिएको छ । त्यसैको खुशियालीमा कटहरिया नगरपालिकामा दिपप्रज्वलन गरिएको छ । कटहरिया नगरपालिकाको कटहरिया बजार,बलिरामपुर,बिर्ति प्रष्टोका,डुमरिया, फत्तेपुर सहितका ठाउँहरूमा मैनबती जलाएर पटाका पड्काएर सर्वाेच्चको निर्णयलाई स्वागत गरिएको छ ।
मेयर पदमा पुनः पद बहाली भएपछि चौतर्फी रूपमा बधाई तथा शुभकामना व्यक्त गरिएको ।
रौतहटका २ नगरपालिकाका नगर प्रमुखको पद पुनर्वाहली भएको छ । स्मरणीयहोस् यस अघि रौतहटका २ नगर प्रमुखसहित ७ जनाको पद रिक्त भएको निर्वाचन आयोगले गत असार ११ गते एक सुचनामार्फत जनाएको थियो । तर सर्वोच्च अदालतले मंगलबार नै दुबै नगरपालिका मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहको पद पुनर्वाहाली गरि दिएको छ । पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका दुबै नगर प्रमुखको पद पुनर्वाहाली भएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै नगर प्रमुख पदमा पुनर्वहाली गरिदिएको छ । सभार नेपाल प्रेस

error: Content is protected !!