रौतहटमा दोस्रो खोप असार २५ , २६ र २७ मा लगाउदै
रौतहटका ६ स्थानबाट कोरोना बिरुद्धको भेरोसिल खोपको दोस्रो डोज जगाउने भएको छ । रौतहटमा असार २५ , २६ र २७ गते ३ दिन चिनबाट प्राप्त भेरोसिलको पहिलो खोप लगाउनु भएका नागरिकहरुलाई दोस्रो खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय गौर रौतहटले जनाएको छ ।
पहिलो खोप लगाएका नागरिकहरुलाई रौतहटको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुर कटहरिया सस्थ्य केन्द्र , पतौरा प्राथमिक स्वास्थ्य केन्द्र , गंगापिप्रा प्राथमिक स्वास्थ्य केन्द्र , राजपुर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय गौरका खोप केन्द्रहरुले लगाउने जनाइएको छ । दोस्रो खोप लगाउन आउदा पहिलो खोप लगाइएको खोप कार्ड अनिवार्य ल्याउनु कटहरिया स्वास्थ्य केन्द्रले जनाएको छ ।