रौतहटको गरुडा नपा मा २ वडाका स्थानियहरु धर्नामा
रौतहटको गरुडा नगपालिकामा २ ओटा वडाका स्थानिय धर्नामा बसेका छन ।
गरुडा नगरपालिकाको वडा नं २ गेडहीगुठी र वडा नं. ७ पिपरियाको वडा समितिको निर्णय कायम गर भन्दै सो दुबै वडाका जनप्रतिनिधि तथा वडावासी नगरपालिका अगाडी धर्नामा बसेका छन ।
गरुडा नगरपालिकाका इन्जिनियर प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले वडा स्तरिय निर्णय कार्यान्वयन नगरी रकमी चलखेलको आधारमा आफुखुसी काम कारवाही अगाडि बढाएको एक वडा सदस्य शैलेन्द्र कुमार यादवको आरोप रहेको छ ।
वडा समितिको निर्णय कायम नगरे आफुहरु सशक्त आन्दोलनमा उत्रने वडा सदस्य यादवले बताउनु भयो ।
इन्जिनियर आलमले वडा स्तरिय निर्णयलाई बेवास्ता गरि आफुखुशी काम गरेको भन्दै धर्नामा बसेका उनीहरुको भनाई रहेको छ ।
धर्ना कार्यक्रममा नेता कन्थमणि प्रसाद, एमालेका कवलिमुलाह , नेपालि कांग्रेश का प्रत्यासि मेयर शुनिल यादब, लगायत वाडाका जनप्रतिनिधि स्थानियहरुको उपस्थित रहेको थियो ।