रौतहटका निर्माण ब्यावसायीले भुक्तानी नपाएपछि घेरे सिचाई कार्यालय

 रौतहटका निर्माण ब्यावसायीहरुले श्रम गरेको भुक्तानी नदिएको भन्दै जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय रौतहटमा तालाबन्दी गरेका छन ।

जलस्रोत तथा सिचाई कार्यालयले ठेक्का दिएका योजनाहरुको भुक्तानी नदिदा निर्माण व्यवसायी मर्कामा परेको भन्दै निर्माण व्यवसायी संघ रौतहटले शुक्रबार कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष दयाराम साहले बताउनु भयो ।

ठेक्का दिइएको योजनाहरु सम्पन्न भइसकेको भएतापनि भुक्तानीको लागी सिचाई कार्यालयले बेवास्ता गरेको निर्माण ब्यावसायीहरुको आरोप रहेको छ ।

सिचाई कार्यालयको निर्देशन अनुसार नै आफुहरुले योजनाहरु सम्पन्न गरि भुक्तानीको माग गर्दा पाउनु पर्ने रकमलाई अन्य शीर्षकमा रकमान्तर गरेर सिचाई कार्यालयका प्रमुख सुमन झाले उपभोक्ता समितिलाई रकम बाडेको आरोप निर्माण ब्यावसायीहरुको रहेको छ ।

राजनितिक दलका नेताहरुको आदेशमा कार्यालय प्रमुख झाले कामै नगरेका उपभोक्ता समितिहरुलाई रकम भुक्तानी दिएको निर्माण व्यवसायी अरबिन्द जयसवालको दावी रहेको छ । आर्थिक वर्षको अन्तिम समयमा पनि करोडौं रुपैया भुक्तानी पाउन बाँकी रहेकाले निर्माण व्यवसायीहरुलाई अप्ठ्यारोमा पारेका जयसवालको भनाइ रहेको छ ।

ब्यावसायीहरुलाई रकम भुक्तानीको लागी आफूले प्रदेश सरकारलाई समेत अनुरोध गरेको तर योजनाहरुको भुक्तानी हुन नसकेको जलश्रोत तथा सिचाई डिभिजन कार्यालय रौतहटका प्रमुख सुमन झाले बताउनु भयो ।

प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत भएको कामहरुको भुक्तानी दिएपछि निर्माण व्यवसायीले लगाएको आरोप सत्य नभएको प्रमुख झाको दाबी रहेको छ ।
 

error: Content is protected !!