कार्यालय निर्माणमा नपाले चासो नदेखाएको भन्दै संयुक्त चार गठबन्धन र स्थानिय द्धारा १ घण्टा चक्काजाम

सागर संगम ठाकुर ।रौतहट अषाढ २७ गते ।
रौतहटको गरुडामा आइतबार १ घण्टा स्थानियले चक्काजाम गरेका छन ।
रौतहटको गरुडा नगरपालिकाको कार्यालय लामो समयसम्म भाडामा सञ्चालन भइरहेकाले नगरपालिकाको कार्यालय निर्माणमा नगरपालिकाले चासो नदेखाएको बताउदै नगरपालिका अगाडी संयुक्त चार गठबन्धन र स्थानिय नागरिकसहित वडा नम्बर २ र ५ का वडा अध्यक्षसहितको टोलीले चक्काजाम गरेका हुन ।
रौतहटको गरुडा नगरपालिकाको भवन निर्माणका लागी सोएल टेस्ट समेत सम्पन्न भइसकेको अबस्थामा भवन निर्माणमा भने नगरपालिको चासो नदेखाएको उनीहरुको गुनासो रहेको छ ।
तत्काल नगरपालिकाले सोएल टेस्ट भएको जग्गामा नगरपालिकाको भपन बनाउनु पर्ने माग गरेको नेकपा एमाले रौतहट सहसचीव नेता मोहम्मद करिमुल्लाहले जानकारी दिनु भयो ।
नगरपालिका लाखौं लाख करम भाडाको घरमा खेर गईरहेको हुदा त्यस्को निम्ति आफनै घर बनाउनु पर्ने कांग्रेसका नेता तथा गरुडाका मेयर प्रत्यासी शुनिल यादवले बताउनु भयो ।
नगरपालिकाका आफनै जग्गा हुदाहुदै पनि भवन नबनाउनु दुःखद भएको यादवको भनाई रहेको छ ।
त्यसैगरि गरुडा नगरपालिकाको वडा नम्बर २ र ५ मा भएका विभिन्न गतिविधिहरुको तत्काल समाधानको मगसहित आइतबार १ घण्टा चक्काजाम गरेको उहाले बताउनु भयो ।

error: Content is protected !!