बलात्कारको आरोपमा उचिडिह बाट पक्राउ परेका कुशवाहा कांग्रेसका नेता नरहेको पार्टीको भनाई

सागर संगम ठाकुर ।रौतहट अषाढ २७ गते ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ७ टोल उचिडिह बाट बलात्कारको आरोपमा पक्राउ परेका स्थानिय नागेश्वर प्रसाद कुशवाहा कांग्रेसका नेता नरहेको बुझिएको छ ।
एक महिलालाई बलात्कार गरेको आरोपमा कुश्वाहा हिजो पक्राउ परेका छन , कांग्रेसका नेता हुन भनेर पार्टीलाई नै बदनाम गराउन केही मिडियाले गलत समाचार प्रशारण गरिएको प्रति कांग्रेसले त्यसको बिरोध गरेका छन ।
पार्टीको सदस्य समेत नरहेका कुश्वाहालाई केही कथीत मिडियाहरुले पार्टी संग नाम जोडेर पार्टीलाई बदनाम गराउन कु प्रचार गरिएको भन्दै नेपाली कांग्रेस रौतहटले कडा बिरोध गरेका हुन ।
विभिन्न संचार माध्यमहरुले नागेश्वर प्रसाद कुशवाहा नेपाली कांग्रेसको स्थानीय नेता हो भनेर प्रचार गरिएको प्रती नेपाली कांग्रेस देवाही गोनाही नगर कार्यसमितिको समेत ध्यानाकर्षण भएको बताएका छन ।
नागेश्वर प्रसाद कुशवाहा देवाही गोनाही नगरपालिकाको स्थानिय नेता नरहेको नेपाली कांग्रेस देवाही गोनाही नगर कार्यसमितिले प्रष्ट पारिसकेका छन ।
कुशवाहाले २०६९ सालमा प्रतिनिधी सभाको चुनावमा देश भक्त पार्टी बाट सांसद पदमा हरिन छाप बाट चुनाव लडेको र सोही पार्टीका जिल्ला अध्यक्ष पनि रहेको कांग्रेसले बताए ।
बिना प्रमाणको अधारमा केही संचार माध्यमहरुले समाचार समप्रेसन गरेकोमा त्यस्ता मिडियालाई सत्य तथ्य बुझी मात्र न्युज लेख्न सुझाव दिदै सचेत गराएका युवा नेता अर्जुन यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!