ठेकेदारले नदीजन्य पदार्थको बक्यौता रकम नगरपालिकालाई भुक्तानी नदिएको खुलासा
रौतहटमा ठेकेदारले नदीजन्य पदार्थको बक्यौता रकम नगरपालिकालाई भुक्तानी नदिएको खुलासा भएको छ । रौतहटको गढीमाई नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरिएको बालुवा तथा पटके सवारी साधन करको रकम ठेकेदारले असार मसान्तको अन्तिम सातामा नगरपालिकाको खातामा सो बक्यौता रकम जम्मा गरिसक्नु पर्ने भएतापनि सो रकम ठेकेदारले जम्मा नगरेकोपाइएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा गढीमाई नगरपालिकाले निस्कासन गरिएको नदीजन्य उत्खननको टेन्डर प्रिन्स कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । कन्ट्रक्सनका साहु प्रान किसोर यादवले सो टेन्डरमा लगभग ६ महिना बागमती नदीबाट गिट्टी बालुवा उत्खनन गरेको जनाइएको छ ।
नदीजन्य उत्खनन बापत प्रत्येक महिना ३० लाख जम्मा गर्नु परेमा यादवले २५ लाख रकम नगरपालिकामा जम्मा गरेको र १० लाख धरौटी रकम जम्मा गरि बक्यौता रकम अहिलेसम्म पनि जम्मा नगरेको नगर प्रमुख श्याम प्रसाद यादवले बताउनु भयो ।
रौतहटको गढीमाई नगरपालिकामा ठेकेदार यादवले नदीजन्य उत्खनन गरी विभिन्न ठाउँमा भण्डारण गरि धमाधम बिक्रीवितरण गरिरहदा समेत सम्बन्धित नगरपालिकाले कुनै कार्वाही गर्न नसकेको स्थानियको गुनासो गरेका छन ।
ठेकेदार यादवलाई पटक पटक बक्यौता रकम जम्मा गर्न ताकेता गरेको भएपनि ठेकेदार यादवले सो रकम जम्मा नगरी उत्खनन गरि भण्डारण गरेको गिट्टी बालुवा धमाधम बिक्रीवितरण गरि रहेको स्थानियले बताएका छन ।
असार मसान्तभित्र बक्यौता रकम ठेकेदार यादवले जम्मा नगरेमा साउन महिनाकोे पहिलो सातामा कार्वाही प्रक्रिया अगाडि बढाउने नगर प्रमुख श्याम प्रसाद यादवले बताउनु भयो ।