मन्त्रालयबाट घर छनाको लागि आएको रकममा कटहरिया नगरपालिकाले गरे ब्यापक अनिमियता
सागर संगम ठाकुर । रौतहट श्रावण ४ गते ।
रौतहटको कटहरिया नगरपालिकामा अति गरिब, दलित, तथा असहाय वर्गको लागि आएको रकममा ब्यापक अनिमियता गरेको भन्दै स्थानियहरुल त्यसको बिरोध गर्दै कार्यलय घेराउ गरेका छन ।
संघिय सरकारको शहरी बिकाश मन्त्रालयबाट गरिब तथा असहाय नागरिकहरुको घर छनाको लागि आएको रकममा कटहरिया नगरपालिकाका कार्यलय प्रमुख रामप्रकाश साहले केही राजनितकदलका नेताहरुको दबावमा बास्तवीक गरिबहरुलाई नाम हटाएर काम अगाडी बढाएको भन्दै सोही नगरपालिका भित्र बसोबास गर्ने सौयको सख्यामा गएका सरभंङ्ग समुदायका नागरिकहरुले त्यसको बिरोध गरिदै कार्यलय घेराउ गरेका छन ।
कटहरिया नगरपालिकाका वडा नं. ५ मा रहेका ३१ परिवार सरभंङ्गहरुले बास्तवीक पहिचान गरि रकम उपलब्ध गराउनु पर्ने माग गर्दै कार्यलयको प्राङ्गणमा जम्मा भएको थियो ।
आफुहरु गाउ घरमा मागी चाङ्गी खादै आएको र परालको घरमा बस्नु पर्ने बाध्यत्मक रहेको भन्दै रसकारको तर्फबाट आफुहरुको नाम आएको रकममा गैर दलित र असहाय परिबारको नाम दिने लिस्ट त्यार पारिएको भन्दै त्यसको सहि छानबिन गरि पहिचान गर्नुपर्ने उनिहरुले माग गरेका छन ।
आफना मनमानी ढगले बनाईएको लिस्ट अनुसार काम अगाडि बढाए त्यसको प्रतिकार गर्ने समेत उनिहरुले चेतावनी दिनु भयो ।
यसै बिषयमा सो वडाका वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता संग जानकारी लिदा आफुलाई कुनै जानकारीनै नदि लिस्ट त्यार पारिएको भन्दै प्रतिक्रिया दिनु भयो ।
वडा अध्यक्ष गुप्ताले आफनो वडा हुने काममा आफुलाई जानकारी नै नदि गर्न लागिएको कार्य प्रति अस्नतुष्टी जनाउनु भयो ।
गुप्ताले आफनो वडामा रहेका बास्तवीक गरिब परिबारहरुलाई पाउनु पर्नेको सट्टा संम्पन परिबारहरुको नमावली पेश गरेको भन्दै त्यसको बिरोध गरेका छन ।
बिवाद उग्ररुप लिएपछि नजिकै रहेको इलका प्रहरी कार्यलय कटहरियाबाट गएका सई बिरेन्द्र यादव नेतृत्वका टोलीले होहल्ला शान्त गरि ताल्चा खोलाएका थिए । बिवाद उग्र रुपलिनबाट बचाउनको लागि बिभिन्न राजनितक तदका प्रतिनिधी कांग्रेसका नेता तथा वडा नं.५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, माओबादी केन्द्रका नसरुदिन अंसारी, एमालेका योगेन्द्र साह, कार्यपालिका सदस्य रामप्रेश साह सोनार लगाएतका ब्यक्तीहरुले कार्यलय प्रमुखको सभा कक्षम जम्मा भई यस्तो समस्यको समाधान गर्नको लागि आउदो श्रावण १० गते बैठक बस्ने सहमती गरे पछि बिवाद समाधान भएको छ ।
यही श्रावण १० गते ११ सदस्य वार्ता टोली बसेर समस्या समाधान गर्ने सहमति भए पछि बिरोधका कार्यक्रम स्थागित भएको थियो । वर्ताटोलीमा कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहा, उपप्रमुख नुरजहान खातुन, वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता,,कांग्रेस नेता बालमिकी यादव, वडा सदस्यहरु, बिभिन्न पार्टीका प्रतिनिधी, माओबादीकेन्द्रका तर्फबाट नसरुदिन अंसारी, एमालेका तर्फबाट राकेश गिरी, ईलका प्रहरी कार्यलय कटहरिउाका तर्फबाट सई बिरेन्द्र यादव, प्रतिनिधी समिलीत बर्ताटोली बनाई त्यसको बास्तवीकता बारे अध्यन गर्ने र त्यस पछि सो कार्यलाई कार्यन्वन गर्ने सहमती भएको एमालेका कटहरिया नगर अध्यक्ष योगेन्द्र साहले जानकारी दिनु भयो ।