रौतहट प्रहरीले विष्फोट गराउने धम्की दिने समुहका एक जनालाई नियन्त्रणमा

रौतहट प्रहरीले अपहरण, शरीर बन्धक ,ज्यान मार्ने तथा विष्फोट गराउने धम्की दिने समुहका एक जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ।

गरुडा नगरपालिका ५ का राम एकवाल राय यादवको छोरा २७ वर्षीय लडाई राय यादवलाई नियन्त्रणमा लिई सावजनिक गरेको हो। शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संगठित अपराधमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भूमिगत संगठन जनमुक्ति मोर्चाका संयोजक विरेन्द्र यादवले फोन गरि व्यवसायी सित मागेको २० लाख रकम लिन गएको बेला लडाई राय यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम साहले जानकारी दिएका छन् ।

५ जनाको समुह रहेकोमा विरेन्द्र यादव मुख्य तथा अन्य सहायक रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक साहले बताएका छन्। २०६५ साह पुष १३ गते हात हतियार तथा खर खजाना मुद्दामा पक्राउ परि जेल सजाय समेत भोगी सकेको यादवले फोन गरेर धम्कि दिदै चन्दा माग्ने गरेको प्रहरीको दावी रहेको छ । निजले कसुर स्वीकार्य गरेको प्रहरीले जनाएको छ ।

यादवलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

error: Content is protected !!