कटहरिया वडा नं. ७ बगहीको वडा कार्यलयमा लगाईएको ताल्चा खुल्यो
सागर संगम ठाकुर । रौतहट श्रावण ११ गते ।
रौतहटमा सघिय सरकारबाट जनताको लागि आएको सुरक्षा अवासको रकममा ब्यापक अनिमिता गरेको भन्दै एक स्थानियतहका वडा कार्यालमा लगाईएको ताल्चा खोलिएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नं.७ बगहीका वडा अध्यक्ष हरिभजन साहले अति गरिब, दलित, तथा असहाय वर्गको लागि सघिय सरकारबाट छानाको लागि आएको सुरक्षा अवासको रकममा ब्यापक अनिमियता गरेको भन्दै स्थानियहरुले गएको शुक्रबारका दिन वडा कार्यलयको मुल गेटमा ताल्चा लगाईएको थियो ।
वडा अध्यक्ष साहले आफ्नो आसेपासे र नजदिकका ब्याक्ती तथा पार्टीको मान्छे हेरी पहिचान गरेर नामावली त्यार गरिए पछि त्यसको बिरोध गर्दै स्थानियहरुले वडा कार्यालयमा ताल्चा लगाएका थिए ।
बास्तवीक गरिबहरुको नाम हटाएर धनी व्यक्तिहरुमो नाम नमावली त्यार गरि काम अगाडी बढाउन खोज्दा सो वडा भित्र बसोबास गर्ने सौयको सख्यामा गएका स्थानियहरुले त्यसको बिरोध गर्दै ताल्चा लगाएका थिए ।
फुसको छाप्रो हटाई टाली चढाउको लागि संघिय सरकारले प्रति ब्यक्ती नाममा ५० हजारको दरले रकम पठाएको र वडा अध्यक्ष साहले बास्तवीक गरीब परिवारलाई पहिचान नै नगरी काम अगाडी बढाउन खोज्दा स्थानियहरुले बिरोध गर्दै बास्तवीक गरिबलाई पहिचान गरि रकम उपलब्ध गराउनु पर्ने स्थानियहरुले माग राखेका थिए ।
सरकारको तर्फबाट आएको रकममा आफुहरुको नाम नआएको र गैर दलित परिबारको नाम दिने लिस्ट त्यार पारिएको भन्दै त्यसको सहि छानबिन गरि पहिचान गर्नुपर्ने उनिहरुले माग गरेका थिए ।
चार दिन देखि लगाईएको ताल्चा खोलाउनको लागि आज कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुशवाहाको अध्यक्षतामा, वडा अध्यक्ष हरिभजन साह,वडा सदस्य शेख हफिज,रामपलक साह,महिला सदस्य श्रीपति देवी, सुगिया देवी,नेपाल प्रहरीको तर्फबाट इलका प्रहरी कार्यलय गरुडाका डिएसपी श्रीराम भण्डारी ,
शिवनगर प्रहरी चौकी बाट अक्षय कुमार साह,बिभिन्न पार्टीका प्रतिनिधी र स्थानियबासीको उपस्थितीमा माबि बगहीको प्रङ्गणमा बैठक बसी छलफल गरिएको थियो ।
बैठकमा पुणः सुचना निकालिने सहमती गरेका छन । त्यस्तै पहिला त्यार पारिएको नामावलीलाई रद्द गरि सबै राजनितिक दलको तर्फबाट एक ंएक जना प्रतिनिधी समिलीत समिती बनाई पुनः नामावली त्यार गर्नु पर्ने सहमति भए पछि ताल्चा खोलिएको हो । दुई तिन दिन भित्र सो कार्यलाई अगाडी बढाउन आफु लागने वडा अध्यक्ष साहले बताउनु भयो ।