मेयर पटेलले राहत जमिन मुनि गाडीए पछि बिरुद्ध प्रदर्शन,स्थानिय र प्रहरी बिच झडप, कार्यलयमा क्षति

सागर संगम ठाकुर । रौतहट श्रावण ११ गते ।
रौतहटको देवाही गोनाही नगरपालिकामा मेयर बिरुद्ध प्रर्दशन हुदा स्थानिय र प्रहरी बिच झडप भएको छ ।
राहतको चामल जमिन मुनि गाडिए पछि त्यसको बिरुद्धमा प्रदर्शन हुदा झडप भएको हो । कोरोना भाईरसबाट बच्चनको लागि सरकारले गरिएको बन्दा बन्दीका कारण खान्न नपाएका अति गरिब निमुखा र असहाय परिबारको लागि प्रदेश सरकारले उपलब्ध गराएको राहत नगर प्रमुख धर्मेन्द्र पटेलले बितरण नै नगरी गोदाम भित्रै कुहायर मधेश संगा्रहलय भितर रहेको फिल्डमा खाल्टो खनि जमिन मुनी गाडिए पछि मेयरका प्रत्यासी प्रेमलाल साहको नेतृत्वमा गएका वडा अध्यक्ष अनिल झा, हरि पटेल,
जगरनाथ यादव, रामप्रबेश पटेल,युवा नेता पवन ठाकुरको साथै हजारौको संख्यामा गएका आक्रोसित स्थानियहरुले नगर प्रमुख पटेलको बिरुद्ध शान्ति पुर्ण प्रदर्शन गरि नगरपालिकाको कार्यलय घेराउ गर्न जादा मेयर पटेलको निर्देशनमा प्रहरीहरुले स्थानियमाथी बल प्रयोग गरेका छन ।


बिरोध प्रदर्शनमा भ्रष्टचारी मेयर मुर्दाबाद मुर्दाबाद, तनासाही मेयर मुर्दाबाद मुर्दाबाद ,बृद्ध भता र बालपोषन भता बितरण गर बितरण गर नलायक मेयर मुर्दाबाद मुर्दाबाद, नगरपालिकाका स्कारभेटर र
एम्बुलेन्स सार्वजनिक गर सार्वजनिक गर जस्ता नारा लगाउदै नगरपालिकाको कार्यलय अगाडि पुगेर धर्ना दिरहदा मेयर पटेलले प्रहरी प्रशासन लगाई निमुखा जन्तामाथी दमन गराएको मेयर प्रत्यासी प्रेमलाल साहले बताउनु भयो ।
प्रहरीले जनतामाथी बल प्रयोग गर्न खोज्दा आक्रोसित स्थानियहरुले नगरपालिकाको कार्यलय घेराउ गरि कार्यलयमाथी ढुङ्गामुढा प्रहार गरेका थिए । स्थानियहरुले गरेका ढुङ्गामुढा प्रहार बाट कार्यलयका सम्पुर्ण झयालका सिसा फुटेको प्रहरीले बताएका छन ।
मेयर पटेलले बिकाशको नाममा भ्रष्टचार गरि लुटतन्त्र मचाई रहेको स्थानियहरुले आरोप लगाएका छन ।

मेयर धर्मेन्द्र पटेललले बिगत चार बर्षदेखि जनता अवास, प्रधानमन्त्री स्वारोजगारका रकम फ्रिज गराउदै आएको भन्दै त्यसको कडा बिरोध गरिएको थियो ।
यस चामलको बिषयलाई लियर नगर प्रमुख पटेल संग सोधा सडेको चामल दैविक प्रकोपका लागि सुरक्षितका साथ राखिए पछि बर्षाको पानीले झयाल भएर राहत भिजिएपछि चामल कुहिएको र कुहीएको चामल बितरण गर्न नमिलने भएकाले सो राहतका चामल केही जनप्रतिनिधीकै रोहबरमा जमिन मुनि गाडिएको प्रतिक्रिया दिनु भयो ।

error: Content is protected !!