रौतहटमा कांग्रेस नेता यादवको १३ औ पुण्य तिथी संम्पन

सागर संगम ठाकुर । रौतहट श्रावण १३ गते ।

रौतहटको बृन्दावन गरपालिका वडा २ बहुअरीमा नेपाली कांग्रेस नेता एंम रौतहट क्षेत्र नम्बर ४ (ख)को पुर्व क्षेत्रिय सभापति तथा बिधायक प्रत्यासी रामअज्ञा राय यादवको १३ औ पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली कार्यक्रम संम्पन गरिएको छ ।
१३ औ पुण्य तिथीको अवसरमा पार्टीका जिल्ला सभापति कृष्णा प्रसाद यादवको अध्यक्षतामा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेसका महामन्त्री शंसाक कोईराला, बिशिस्ट अथिति युवा नेता एवम पुर्व मन्त्री गगन थापा ,अथितिहरुमा रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमिल्सिना, क्षेत्र नम्बर ३ का पुर्व सांसद जितेन्द्र यादव, लगाएतका ब्यक्तीहरुले यादवको तस्बिर माथि फुल माला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियोे ।
शोक सभा कार्यक्रममा दर्जनौं व्यक्तिले आफनो आफनो मन्तव्य राखेका थिए, संम्बोधनको क्रममा कांग्रेसका युवा नेता थापाले पार्टीमा यादवले गरेको योगदान कहिले पनि नर्बिसिने बताउनु भयो ।
स्वः यादवको निधनले पार्टीमा ठूलो छती पुगेको बताउदै, उनको परिवारमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रतिवद्धता जनाउनु भयो ।
हामी सभामा श्रधान्जली मात्र व्यक्त गर्न नआएको भन्दै ,उहाँले पार्टीमा गरेको योगदानहरु उच्च समान्न गर्न र झलकाउन आएको नेता थापाले बताउनु भयो ।

त्यस्तै प्रमुख अथिती कांग्रेसका महामन्त्री शशांक कोईरालाले स्व.यादव प्रति श्रद्धा सुमन सहित गहिरो श्रधान्जली अर्पण गनु भयो । स्व.यादवको निधनले आफलाई स्तब्ध बनाएको भन्दै दुःख ब्यक्त गर्नु भयो ।
यादवको निधनले पार्टीलाई मात्र नभई समाज र क्षेत्रलाई नै ठूलो छती पुगेको बताउनु भयो ।
स्व.यादव जस्ता नेता कार्यकर्ताहरुले गरेको सहयोगले गर्दा नै हाल देशमा कांग्रेसको सरकार भएको बताउनु भयो ।
मृत्क यादवको घर परिवारलाई विशेष प्रथमिक्तामा राख्न पार्टीलाई आग्रह समेत गरर्ने आश्वासन दिनु भयो ।
त्यस्तै अर्को प्रसङ्गमा बोल्दै महामन्त्री कोईरालाले पार्टी भित्रको अन्तरघातको कारणले गर्दा पछिल्लो समय आफु र पार्टी पछि परेको बताउनु भयो ।
यदी पार्टी भित्र कसैले अन्तघात नगरेको भए कांग्रेसलाई हराउने तागत कुनै पार्टी संग नरहेको कोईरलाले ठोकुवा गर्नु भएको थियो ।
कोईरालाले आगामी चुनावमा सबै जना एकजुट भई ईमानदारीताका साथ सहयोग गर्न सबै नेता कार्यकर्ताहरुलाई समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति एवम् वृन्दावन नगरपालिकाका नगर प्रमुख रामसनेही यादव, परोहा नगरपालिका का नगर प्रमुख मो.शेख वकिल,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख राम चन्द्र चौधरी वडा नम्बर ८ का वडा अध्यक्ष दिनानाथ महतो, जिल्ला सचिव हृदयनराण
यादव,जिल्ला सदस्य बालमीकी यादव,कटहरिया नगरपालिकाका नगर सभापति एमं वडा नं ५ का वडा सर्फलाल प्रसाद गुप्ता, वडा नं ६ का अध्यक्ष शम्भु कान्त यादव, वडा ३ का अध्यक्ष उमेश यादव, लगायत जिल्ला तथा विभिन्न जिल्ला बाट आएका नेता कार्यकर्ता लगाएत उपसिीथती रहेका थिए ।

error: Content is protected !!