रातहको बिषयलाई लियर आफुलाई बदना गराउने केही प्रतिक्रियाबादी तत्बरहरु लागि परेको मेयर ःपटेलको भनाई
प्रकाश श्रेष्ठ । रौतहट श्रावण १७ गते ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा जनताको लागि आएको राहतमा आफुले कुनै हिनामिना नगरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताएका छन ।
दोस्रो चरणमा बिश्व ब्यापी रुपमा फैलिएको कोरोना माहामारी बाट पिडित रहेको र रोजगारी गुमाएका परिवारको लागि प्रदेश सरकारले उपलब्ध गराएको राहतका केही समाग्री र नगरपालिकाले खरिद गरि स्टोरमा राखिएको केही राहत समाग्री बिपदको समयमा बितरण गर्ने उदेश्यले जम्मा गरेको र केही कारण बस बर्षाको पानीले गर्दा भिजेर कुहिए पछि उपमेयर पटेलका श्रीमान भरत पटेल र कार्यलयका केही कर्मचारीको रोहबरमा सो चामल नष्ट गर्दा उप मेयर परनिया देवी पटेल र बिभिन्न रानितीक दलका जनप्रतिनिधीहरुले आफुलाई बदनाम गराउने उदेश्यले नगरपालिकाको कार्यलयमा ढुङ्गमुढा प्रहार गरि क्षति पुप्र्याएको मेयर पटेलले बताउनु भयो ।
नगरपालिकाको राहत मधेश संग्राहलयमा स्टक गरि राखिएको र सो रुममा लगाईएको ताल्चाको साँचो उप–प्रमुख परनिया देवी पटेलसंग रहदा पनि केही विकास बिरोधि प्रतिक्रियाबादी तत्वहरुले नगरमा मलाई बदनाम गर्न खोजेकोे मेयर पटेलले जनाएको हो ।
कोभिडको समयमा नगरपालिका द्वरा खरिद गरि राखिएको रासन उपयुक्त ठाउँ नहुँदा स्टोर गरी राखिएको रासन मध्ये १३ देखि १५ बोरा सम्म तल्लो भागको रासन मात्र कुहिएको थियो।
नगरपालिकाको आफ्नो निजी भवन नहुँदा मधेश संगा्रहालयको भवनमा राखिएको र केही ब्यक्तीले मलाई बदनाम गराउने उदेश्यले राजनितीक षडयन्त्र गरि सो स्टोरको झ्यालको ढोका खुल्ला छोडिएको कारण बर्षाको पानीले स्टक गरि राखिएको चामललाई भिजाए पछि केही चामलको बोरा कुहिएको मेयर पटेलको भनाइ रहेको छ ।
कुहिएको चामलहरु रातिको समयमा नष्ट गरेको कुरा एकदमै गलत रहेको र कुहिएको १३ देखि १५ बोरा चामल बेलुकी ५– देखि साढे ६ बजेको समयको बिचमा नगरपालिकाको जेसिबीले सानो खाल्डो खनी नष्ट गरिएको मेयर पटेलले बताउनु भयो ।
बाँकी रहेको रासन मेयर पटेलले तुरुन्तै सो ठाउँ खाली गरि अर्को ठाउँमा राखिएको उनले भने ।
संग्रहालयबाट राखिएको रासन चोरी हुदा २ जना पक्राउ परी जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको मेयर पटेलले बताउनु भयो ।
विकास बिरोधि नेकपा एमाले र माओबादी पार्टीका केही नेताहरुले सो रासनको बिषय लिएर नगरपालिका माथि र आफु मथिी ढुङ्गामुडा गराएको प्रती मेयर पटेलले घोर आपत्ति जनाउदै त्यसको बिरोध गरेका छन ।