रौतहटको मावि बिजयपुरमा ६८ जना छात्राहरुलाई गरियो साइकल वितरण
सागर संगम ठाकुर । रौतहट श्रावण २० गते ।
रौतहटको फतुआ बिजयपुर नगरपालिका वडा नं—८ बिजयपुरमा रहेको मावि बिजयपुरमा ६८ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
सो विद्यालयका कक्षा ८ मा अध्ययनरत ६८ जना छात्रा वितरण गरिएको हो । प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत आज एक कार्यक्रम बिच साईकल वितरण गरिएको छ ।
साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तथा प्रदेश २ का विकास समितीका सदस्य राम किशोर यादव उर्फ किशोरी विशिष्ट अतिथि फतुआ बिजयपुर नगरपालिकाका नगर उपप्रमुख कान्ति देवी महतो, जिल्ला समन्वय समितीका उपसभापति रामबिशिष्ट यादव अथितीहरुमा वडा अध्यक्ष सुर्य नरायण खा थारु ,बिधालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष लगाएका बिषेश ब्यक्तीहरुको उपस्थिथीतीमा रहेको थियो ।
कोरोना भाइरसको जोखिमलाई मध्य नजर गरिदै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि साइकल वितरण गरेको थियो ।
विद्यालयमा आयोजित साईकल बितरण कार्यक्रममा प्रमुख अथिती प्रदेश सांसद यादवले साइकल वितरणले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवत जावतमा सहज र समयको समेत बचत हुने उदेश्यले बितरण गरिएको बिश्वास ब्यक्त गर्नु भयो ।
विद्यालय टाढा भएकाकै कारण कतिपय छात्राहरुले बिचमा नै पढाई छाड्ने गरेको भन्दै त्यस्ता समस्या अन्त्य गर्नको लागि साईकल बितरण गरिएको वहाले बताउनु भयो । प्रदेश सरकारको महत्वकांन्क्षी योजना मार्फत शिक्षामा छात्राहरुको उच्च लगानी होस भने उदेशयले कार्यक्रम ल्याईयोको यादवले बताउनु भयो ।
प्रदेश सरकार छोरीको हक हितमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनामा रहेको उनले बताएका छन ।
त्यस्तै बिशिष्ट अथिती जिल्ला संमन्वय समितीका उपसभापति राम बिशिष्ट यादवले प्रदेश सरकारको महत्वकांन्क्षी योजना मार्फत गरिएको साईकल बितरण सराहनिय र स्वागत योग्य रहेको बताउनु भयो ।
यो अभियानले प्रदेशका छोरीहरुलाई शिक्षामा आकर्षित गर्ने मुख्य दाईत्व भएको उनले बताएका थिए । अर्को प्रसङ्गमा बोल्दै उनले भने अभावै अभावमा रहेको माबि बिजयपुरमा स्कुललाई चाहिने थप सामग्री उपलब्ध गराउने समेत प्रतिवद्धता जनाउनु भयो ।
त्यसै गरि अर्का बिशिष्ट अथिती फतुआ बिजयपुर नगरपालिकाकी नगर उपप्रमुख कान्ति देवी महतोले साईकल बितरणले गर्दा छोरीहरुलाई शिक्षामा आकर्षित गर्ने मुख्य योजना भएको र यसले गर्दा छोरीहरु उच्च शिक्षा हसिल गर्ने अवसर प्राप्त गर्ने मौका पाएको बताउनु भयो ।
हाम्रो प्रदेशमा र खास गरेर रौतहट जिल्ला छोरीहरु सबभन्दा पछाडी रहेको बताउदै अभिभावकहरुले आफनो छोरीहरुलाई शिक्षाको क्षेत्रबाट बंन्चित गर्नाले दिन दिने महिला हिंसा बल्तकार मारपिट जस्ता घटनाहरु भईरहकाले शिक्षाबाट धेरै कुराको अनुभव गराउने भएकाले शिक्षामा लगानि गरि छोरा र छोरीमा भेदभाव नगर्न उपस्थित सबै अभिभावक संग अनुरोध गर्नु भयो ।
उपमेयर महतोले आर्थिक बर्षमा आफु नगरपालिकाको तर्फबाट प्रत्यक बिधार्थीहरुलाई स्कुल ड्रेस बतिरण गर्ने योजना ल्याएको बताउनु भयो । शिक्षको का
साईकल बितरण कार्यक्रममा बिधालयका प्राधानाध्यापक सुदामा राय यादवले प्रदेश सरकारले उपलब्ध गराएको साईकललाई लियर प्रदेश सरकारलाई धन्याबाद समेत दिएका छन।
कार्यक्रममा फतुवा बिजयपुर नगरपालिका नगर शिक्षा सह संयोजक राधेश्याम प्रसाद यादव,एकाउनटेन तेजनरायण यादव, समाजसेवी जगरनाथ यादव, शिक्षक शिक्षिका ,सुरक्षाकर्मीहरू संचारकर्मी लगायत स्थानीय र अभिभावकहरुको बिषेश सहभागीता रहेको थियो ।