रौतहटको अधारभुत माध्यमिक बिधालयमा ३२ जना छात्राहरुलाई गरियो साइकल वितरण

सागर ठाकुर । रौतहट श्रावण २२ गते


रौतहटको देवाही गोनाही नगरपालिका वडा नं—७ उचिडिहमा रहेको अधारभुत माध्यमिक बिधालयमा ३२ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत आज एक कार्यक्रम बिच साईकल वितरण गरिएको छ । सो विद्यालयका कक्षा ८ मा अध्ययनरत ३२ जना छात्रालाई वितरण गरिएको हो
साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तथा प्रदेश २ का विकास समितीका सदस्य राम किशोर यादव उर्फ किशोरी यादब विशिष्ट अतिथि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, जिल्ला समन्वय समितीका उपसभापति रामबिशिष्ट यादव, बृजकिशोर यादब अथितीहरुमा शिक्षक संघको जिल्ला अध्यक्ष राम कृपाल राय यादव शिक्षक संघ प्रदेशका बरिस्ठ सदस्य राममंगल राय यादव ,बिधालय ब्यवस्थापन समितीका निर्वतमान अध्यक्ष बिन्देसवरी महतो लगाएतका बिषेश ब्यक्तीहरुको उपस्थिथीतीमा रहेको थियो ।
कोरोना भाइरसको जोखिमलाई मध्य नजर गरिदै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि साइकल वितरण गरेको थियो ।

विद्यालयमा आयोजित साईकल बितरण कार्यक्रममा प्रमुख अथिती प्रदेश सांसद यादवले साइकल वितरणले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवत जावतमा सहज र समयको समेत बचत हुने उदेश्यले बितरण गरिएको बिश्वास ब्यक्त गर्नु भयो ।
विद्यालय टाढा भएकाकै कारण कतिपय छात्राहरुले बिचमा नै पढाई छाड्ने गरेको भन्दै त्यस्ता समस्या अन्त्य गर्नको लागि साईकल बितरण गरिएको वहाले बताउनु भयो ।
प्रदेश सरकारको महत्वकांन्क्षी योजना मार्फत शिक्षामा छात्राहरुको उच्च लगानी होस भने उदेशयले कार्यक्रम ल्याईयोको यादवले बताउनु भयो ।
प्रदेश सरकार छोरीको हक हितमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनामा रहेको उनले बताएका छन ।
त्यस्तै बिशिष्ट अथिती देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले प्रदेश सरकारको महत्वकांन्क्षी योजना मार्फत गरिएको साईकल बितरण सराहनिय र स्वागत योग्य रहेको बताउनु भयो ।

यो अभियानले प्रदेशका छोरीहरुलाई शिक्षामा आकर्षित गर्ने मुख्य दाईत्व भएको उनले बताएका थिए ।
अर्को प्रसङ्गमा बोल्दै मेयर पटेलले भने सबैको नजरमा हुन्छ कि नगरपालिकामा बढी बजेट छ भने तर त्यो बजेट नपाको विभिन्न शिर्षकको लागि छुट्टयाएको हुन्छ तर मेयरलाई विकासको लागि पाउने रकम दुई करोड पचास लाख मात्र हुन्छ
जसमा सब भन्दा बढी मैले शिक्षामा लागनी गरेको वहाले दाबी गर्नुभयो अहिलेसम्म नगरभरिमा तीन वटा पक्की ८ कोठा को बिधालय भवनको कार्य लगभग अन्तिम चरणमा रहेको वहाँले बताउनु भयो।

त्यस्तै अभावै अभावमा रहेको आधारभुत माध्यमिक बिधालय उचिडिह बिधालय लाईे नगर प्रमुख धर्मेन्द्र पटेलले सभालाई सम्बोधन गर्दै भन्नुभयो उचिडिमा रहेको अधारभुत निमाबि यस नगरपालिकाको उत्कृष्ट स्कुल हो यस स्कूललाई भवन निर्माणको लागि नगरपालिका ले गर्नुपर्ने सहयोगर मा पछिनहटने अगामि केहिदिनमा भवनको लागि पहलगर्ने समेत प्रतिबता जनाउनु भएको हो ।।
त्यसै गरि अर्का बिशिष्ट अथिती जिल्ला संमन्वय समितीका उपसभापति राम बिशिष्ट यादवले साईकल बितरणले गर्दा छोरीहरुलाई शिक्षामा आकर्षित गर्ने मुख्य योजना भएको र यसले गर्दा छोरीहरु उच्च शिक्षा हसिल गर्ने अवसर प्राप्त गर्ने मौका पाएको बताउनु भयो ।
त्यस्तै देवाही गोनाही नगरपालिका वार्ड नं. ७ जसपाका यूवानेता पुनप्रताप पटेलले आफनो अथक प्रयाशले प्रदेश सरकासंग आफनो बिधायलको लागि साईकल माग गरि ल्यएको हो ।
यूवा नेता पटेल हाम्रो प्रदेशमा र खास गरेर रौतहट जिल्लाका छोरीहरु सबभन्दा पछाडी रहेको बताउदै अभिभावकहरुले आफनो छोरीहरुलाई शिक्षाको क्षेत्रबाट बंन्चित गर्नाले दिन दिने महिला हिंसा बल्तकार मारपिट जस्ता घटनाहरु भईरहकाले शिक्षाबाट धेरै कुराको अनुभव गराउने भएकाले शिक्षामा लगानि गरि छोरा र छोरीमा भेदभाव नगर्न उपस्थित सबै अभिभावक संग अनुरोध गर्नु भयो ।
साईकल बितरण कार्यक्रममा बिधालयका प्राधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले प्रदेश सरकारले उपलब्ध गराएको साईकललाई लियर प्रदेश सरकारलाई धन्याबाद समेत दिएका छन। यस सर्इृकल बितरणले छात्राहरुलाई टाढागई उच्चशिकक्षा हासिलगर्न सहयोग पुग्ने समेत दाबि गर्नु भयो
साईकल बितरण कार्यक्रममा ईलाका प्रहरि कार्यलय देवाही गोनहीका ईन्सपेकटर, शिक्षक शिक्षिका ,सुरक्षाकर्मी, संचारकर्मी लगायत स्थानीय र अभिभावकहरुको बिषेश सहभागीतामा कार्यक्रम सम्पन्न भएकोे छ ।

error: Content is protected !!