रौतहटको कटहरिया नगरपालिकामा लगाईएको ताल्चा खुल्यो ।
प्रकाश श्रेष्ठ । रौतहट श्रावण २५ गते ।
रौतहटको कटहरिया नगरपालिकामा लगाईएको ताल्चा खोलिएको छ ।
करिब एक हप्ता देखि नगरपालिकको दुईवटा कार्य कक्षमा लगाईएको ताल्चा सहमती भएपछी मात्र खोलिएको हो ।
संघिय सरकारको शहरी बिकाश मन्त्रालयबाट शहरी संघन भवनको लागि आएको सुरक्षा अवासको रकममा कटहरिया नगरपालिकाका नगर प्रमुख र कार्यलय प्रमुखले ब्यापक अनिमियता गरेको भन्दै
सोही नगरपालिका भित्र बसोबास गर्ने सौयको सख्यामा गएका सरभंङ्ग, असाहय, गरिब समुदायका नागरिकहरुले त्यसको बिरोध गरिदै कार्यलय घेराउ गरि ताल्चा लगाएका थिए ।
तर यस कार्यलयमा लगाईएको ताल्चा खोलाउन पटक पटक प्रयास गर्दा पनि खुल्ल नसकेको अवस्थामा आज नगर प्रमुख शियाराम कुश्वाहाको अध्यक्षतामा बिभिन्न राजनितीक दलका प्रतिनिधी
ईलका प्रहरी कार्यलय गरुडा प्रतिनिधी शसस्त्र प्रहरी बेस क्यामप दुधियाभारका प्रमुख, कटहरिया इेलाका प्रहरी का प्रमुख, ईलका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख लगाएतका र सरभंङ्ग समुदायका ब्यक्तीहरुको बिषेश पहलमा कार्यलयमा लगाईएको ताल्चा खोलिएको छ ।
नागरिक सुरक्षा अवासमा भएको अनिमियताको बारेमा प्रत्यक वडाका जनप्रतिनिधीको अध्यक्ष्तामा ५ सदस्य समिती बनाई पहिला गरेको छनौट र त्यसमा देखिएको तुर्टीको बिषयमा सत्य तथ्य पहिचान गरि सेवाग्राहीहरुलाई राख्नु पर्ने सहमती भए पछि ताल्चा खोलिएको मेयर कुश्वाहाले बौद्धिमाई खबर डट कम लाई बताउनु भयो ।
सो वार्ताटोलिमा कटहरिया वार्ड न ५का वाडा अध्यक्ष सर्फलाल गुृप्ता , वार्ड न ६काशम्भुकान्त यादब , नेपालि काग्रेका लिल्ला सदस्य बालमिकी यादब , कटहरिया नगरपालिका प्रत्यसि मेयर अजय प्रकाश जयसवाल, नेपाल शिक्षक संघका प्रदेश बरिष्ट सदस्य रामगंल राय यादब , वाड न. ३ का अध्यक्ष उमेश यादब , नेकपा माअेवादि का नसरुदिन अंसारि ,काग्रेश का महादेब साह कटहरिया नगरपालिकाका नगर प्रवक्ता चन्दन कुशवाहा , रामप्रवेश साह, नेकाका मनोज साह ,रामईश्वर यादब राजनरायण साह लगाएतका बिषेश उपस्थितीरहेको थियो।