रौतहटको देवाही गोनाही नगरपालिकामा जसपा नेपालको युवा भेला तथा भेटघाट कार्यक्रम संम्पन
प्रकाश श्रेष्ठ । रौतहट । श्रावण २८ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा जसपा नेपालको युवा भेला तथा भेटघाट कार्यक्रम संम्पन भएको छ ।
युवा नेता बिवेक यादव उर्फ गुडडु यादवको बिषेश पहल मा अध्यक्षतामा वडा नं. ९ का वाडा अध्यक्ष राजेश गुप्ता को अध्यक्षतामा सो कार्यक्रम संम्पन भएको हो ।
कार्यक्रममा प्रमुख अथिती देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल बिशिष्ट अथिती बिधाय प्रत्यासी ब्रिज किशोर यादव,अथितीहरुमा धरहरीका पुर्व गाबिस अध्यक्ष कपिलदेव यादव,
जगरनाथ साह, वडा सदस्य खुबि दास तत्मा, नन्दकिशोर यादव,नागेन्द्र यादव, लालबाबु राय यादव, बिधार्थी युवा नेता पुन प्रताप पटेल, लगाएत करिब हजारौको सहभागितामा कार्यक्रम संम्पन भएको छ ।
उक्त कार्यक्रममा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले नगरपालिकामा भईरहेको बिकाश निर्माणका कार्यहरुको बारेमा चर्चा गर्नु भएको थियो ।
आफु निर्वार्चित भए पछि नगरपालिकामा शिक्षा स्वास्थ्य र बिकाश निर्माणको साथ साथै मानव जिवको सुरक्षाका लागि कडा मेहन्त गर्नु परेको र उसकार्यलाई कार्यललाई उच्च प्राथमिकतामा राखी काम गरेको वहाले बताउनु भयो ।
आफनो नगरपालिकामा कमी रहेको श्रोत साधन पुरा गर्नको लागि संघिय सरकार प्रदेश सरकारको साथ साथै बिभिन्न दातृ निकाय बाट पहल गरि नगरपालिका भित्र रहेका बिभिन्न वडाका सहयोग गर्दै आईरहेको बताउनु भयो ।
साथै आफुले गरेको कार्यलयलाई देखेर बिभिन्न दलका प्रतिनिधी तथा बिपक्षिदलका प्रतिनिधीहरुले हत्तो साहीत भई आफु र नगरपालिकालाई
बदनाम गराउन लागि परेको आरोप लगाउनु भयो ।
मेयर पटेलले बिकाशको सवालमा आफुले गरेको राम्रो कार्यबाट प्रतिपक्षी दलका नेताहरुले कुनै नै कुनै लफडामा आफुलाई फसाउन खोजिरहेको उनले बताए ।
नगरपालिका भित्र रहेका बिभिन्न वडाहरुमा स्कुल भवन,अस्पताल,मन्दिर मस्जीद,ईदगाह,बनाउनुको साथै टोल टोलमा सडक ढलान,बिजुली बत्ती र शुद्ध खानेपालीको लागि हैण्ड पाईप जडान गरेको बताउनु भयो ।
मेयर पटेलले बिकाश निर्माणको क्रममा कुनै संग भुल भए त्यसको लागि आफुले माफी समेत मागेको र जनताको हरेक दुःख सुखमा कान्धमा कान्ध मिलाई चलन आफु त्यार रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमको शुरुआतमा स्वागत मन्तब्य राख्दै जसपाका युवा नेता बिवेक यादव उर्फ गुडडुले धरहरीमा बिकाश निर्माणका कार्यलाई निरन्तरता दिनु पर्ने र जय किसान पोलोटेनिकल इस्चियुट देखि गाउको पुर्व पोठियाही सम्म जोडने मुख्य सडकलाई ढलान गर्नु पर्ने योजना ल्याउन मेयर पटेल संग माग गर्नु भयो ।
नेता यादवले आफु स्थानिय तहको चुनाव संम्पन भएको केही दिनमै जेल परेको कुरा बताउनु भएको थियो ।
वहाले जेल मुक्त भए पश्चात वडा र नगरपालिकामा भएको बिकाशको बारेमा नगर प्रमुख पटेल संग जानकारी लि आफनो वडामा बाकीं रहेका बिकाश निर्माण कार्यलय जोड दिन मेयर संग माग गरेका थिए ।
नेता यादवले आफनो पहलमा वडा नं. ९ धरहरीमा शुद्ध खानेपानीको लागि हैण्ड पाईप घर घरमा जडान गरिएको र बाकीं रहेका घरमा तुरुन्तै जडान गर्ने तर्फ मेयर पटेल संग अपिल गर्नु भयो । कार्यक्रमको संचालन शिक्षक पवन पंडितले गर्नु भएको थियो ।