रौतहटमा बैरागी हत्या काण्डका हत्यारा आटी आर्मीका सदस्य पक्राउ

कटहरिया रौतहट

रौतहटमा एक जनाको हत्या गरि १० बर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरिले पक्राउ गरेको छ ।
जिल्लाको गौर नगरपालीका वडा नम्बर ८ मा उपेन्द्र दास बैरागीलाई गोली हानी हत्या गरेर फरार देवाही गोनाही नगरपालीका ७ बस्ने आटी आर्मीका सदस्य सोनफी हजरालाई प्रहरिले बुधवार पक्राउ गरेको स्थानियले जानकारी दिनु भयो ।
२०६८ साल जेठ २३ गत्ते राती साँडे ८ बजेको समयमा गौर ८ का उपेन्द्र दास बैरागी भन्ने उपेन्द्र बैरागीलाई सोनफी पासवान भन्ने सोनफी हजराले गोली हानेका थिए ।
प्रहरिले करिव १० बर्षदेखि फरार हजरालाई गौर नगरपालीका ५ स्थित सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।