कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले कर्मचारी सरुवाको बिषयमा राजनितिक करण

प्रकाश श्रेष्ठ । रौतहट भदौ ०२ गते ।

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले कर्मचारी सरुवाको बिषयमा राजनितिक करण शुरु गरेका छन ।

वडा नं. १ भषेढवामा अवस्थित श्री प्राबि का शिक्षक जियालाल दासको सरुवालाई लियर राजनितिक गरेको शिक्षक दासले आरोप लगाएका छन ।

२०६३ साल देखि सोही बिधालयमा निरन्तर पठन पाठन गराउदै आईरहेको अवस्थामा नगरपालिकाले २०७६ सालमा आफुलाई वडा नं. ४ हर्षाहामा सरुवा गरिए पछि आफु त्यसको बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले २०७६ साल मसिंर २२ गतेका दिन सो निर्णयलाई बदर गर्दै साबिकै प्राबिमा पठन पाठन गराउन आदेश दिए ।

तर सर्वोच्चको आदेशलाई मान्य नदि नगर प्रमुख शियाराम कुश्वाहाले सर्वोच्चबाट प्राप्त पत्र च्याति दिएको र आफुले सरुवा गरेको ठाउमा जान निर्देशन दिनु भयो ।

तर आफु १३ बर्ष देखि पढाउदै आएको श्री प्राबिमा नियमित पठन पाठन गराउदै आएको अहिले सम्म नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले तलब रोकेर राखिएको पिडित शिक्षक दासले बताउनु भयो ।

यसै बिषयलाई लियर नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राम कृपाल यादव, प्रदेश नं. २ का बिरिष्ठ उपाअध्यक्ष राम मंगल यादव, शिक्षकहरुमा मुक्ती कुश्वाहा, लगाएत करिब एक दर्जनको संख्यामा गएका शिक्षकहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहलाई भेटेर यस बिषयमा जानकारी गराएको वहाले बताउनु भयो ।

तर बिषयमा प्रमुख साहले एक हप्ता भित्रमा नगर प्रमुख कुश्वाहा संग छलफल गरि जानकारी दिने आशवाश्न दिनु भयो ।

error: Content is protected !!