रौतहटको गरुडामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन

सागर संगम ठाकुर रौतहट भदौ ४ गते ।

रौतहटको गरुडामा शुक्रबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको छ । गरुडा नगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा सोही स्थानका भद्रभलाद्मी समाजसेवी महिलाहरुको सहभागीतामा साइबर क्राइम सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पछिल्लो समय रौतहटमा अपराधिक घटनाहरुमा बृद्धि हुदै गएपछि सो सम्बन्धी चेतना जगाउनु पर्ने आवश्यकता भएकाले साइबर क्राइम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ । कार्यक्रममा स्थानिय ३५÷४० जनाको सहभागीता जनाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

error: Content is protected !!