राष्ट्रिय अपाङ्ग महासघ प्रदेश नं. २ को अभिमुखिकरण कार्यक्रम गरुडामा सम्पन्न

सागर संगम ठाकुर रौतहट भदौ ४ गते

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं.२ को अभिमुखी करण कार्यक्रम गरुडामा संम्पन भएको छ । गरुडा स्थित एनपी स्टार होटेलको सभा हलमा आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा संम्पन भएको छ ।
संघका प्रदेश नम्बर २ अध्यक्ष किरण कुमार पासवानको अध्यक्षतामा प्रमुख अथिती संघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा, बिशिष्ट अथिती रबिन कुमार मैनाली, अथितीहरुहरुमा नेहा कुमारी शर्मा राजेश कुमार साह,

रौतहट जिल्ला अध्यक्ष बृन्दावन नगरपालिका वडा नं. ७ सिस्वा धमौरा निवासी राम बिश्वास प्रजापति, लगाएत करिब ५० जना अपाङ्गको उपस्थितीमा सो कार्यक्रम संम्पन भएको हो ।

रौतहटका अपाङ्गता भएका ब्यतिmहरुलाई राजनैतिक कर्मिहरुले ध्यान नदिदा विभिन्न समस्याको चपेटामा परेको अपाङ अपाङ्ग समुहहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल अपाङ्ग सघ रौतहट अध्यक्ष राम बिश्वास प्रजापतिले रौतहटमा अपाङ्गता भएका ब्यक्तिहरु अत्याधिक रहेको जिकिर गर्नु भएको थियो ।

बिभिन्न ठाउँबाट अपाङ्गहरुको लागी आएका समाग्री नगरपालिकाहरुले वितरण समेत नगरेको उहाको आरोप रहेको छ ।

अपाङ्गहरुको नाममा प्राप्त भएका विभिन्न समाग्रीहरु नगरपालिकाका जनप्रतिनिधिले आफ्नो आसेपासेहरुलाई वितरण गर्ने गरेको उहाले दावी गर्नु भयो ।

राष्ट्रिय अपाङ्ग महासघ नेपाल प्रदेश नं. २ का अध्यक्ष किरण कुमार पासवानले अपाङ्गहरुको लागी ४ प्रकारको कार्ड बनाइएने बताउनु भयो ।

रातो ,सेतो ,पहेलोँ ,हरियो रङ्गको कार्ड अपाङको किसिम हेरेर वितरण गरिने जनाउनु भयो ।

रातो कार्ड पुर्ण अशक्त भएका अर्थात आफुबाट कुनै काम गर्न नसक्ने अपाङ्ग ब्यतिmलाई वितरण गर्ने , सेतो रङ्गको कार्ड समान्य किसिमका अर्थात आफुबाट यता उता हिलडुल गर्न सक्ने भएका अपाङ्गलाई ,पहेलौँ रङ्गको कार्ड नसुन्ने ,आखा नभएको ,बोल्न नसक्नेलाई र हरियो रङ्गको कार्ड शारिरिक अपाङ्ग भएका ब्यतिmलाई वितरण गर्ने गरेको बताउनु भयो ।

कार्डको पनि दुरुपयोग भएको उहाको भनाइ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि मित्र लाल शर्मा ,रबिन कुमार मैनाली , राष्ट्रिय अपाङ्ग महासघ नेपाल प्रदेश नं.२ का अध्यक्ष किरण कुमार पासवान , नेहा कुमारी सहनी रहनु भएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी राजेश साहले हामीलाई फोन गरेर जानकारी गराउनु भयो ।

error: Content is protected !!